May 15, 2024
Kathmandu, Nepal
Uncategorized

फुटबलर दिनेश राजवंशीसहित ४ जना पक्राउ

काठमाडौँ । फुटबलर दिनेश राजवंशी र उनका ३ जना साथीहरुलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति लैनचौरस्थित मल्ल होटल नजिकैबाट पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ । राजवंशी सहितको समूहलाई अभद्र व्यवहारको कसुरमा हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।नेपालको राष्ट्रि टिमका पूर्व खेलाडी दिनेश अहिले अष्ट्रेलियामा बस्छन् । अष्ट्रेलियामा बसेर उनी फुटबल खेल्दै आएको उनी निकट एकजना फुटबलरले रातोपाटीलाई बताए ।

Leave feedback about this

  • Rating
X