April 29, 2024
Kathmandu, Nepal
Popular Uncategorized

टिकटक बन्द नगर्ने सेवा प्रदायकलाई प्राधिकरणले कारबाही गर्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय बमोजिम टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही गर्ने भएको छ । प्राधिकरणले आज एक विज्ञप्ति प्रकाशित गरी त्यस्तो चेतावनी दिएको होप्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटक बन्द गर्न निर्देशन दिइसकेको भएपनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्दै तत्काल निर्देशन कार्यान्वयन गरी जानकारी गराउन आग्रह गरेको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । 

Leave feedback about this

  • Rating
X