728 x 90

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ, ३० भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपालको टोली घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रंगशालामा आगामी असोज दोस्रो सातामा हुने उक्त शृंखलाका लागि क्यानले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो । त्यसैगरी

काठमाडौँ, ३० भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपालको टोली घोषणा गरेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रंगशालामा आगामी असोज दोस्रो सातामा हुने उक्त शृंखलाका लागि क्यानले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो ।

त्यसैगरी नेपाली टोलीको उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर आसिफ शेख, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ सेख, सन्दीप जोरा, ललितनारायण राजवंशी, गुलशन झा र साहब आलम छन् ।

टोलीमा अन्सारी र जोराले भने पुनरागमन गरेका छन् । उनी सन् २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् । अन्सारी खेल मिलेमतो प्रकरणमा मुछिएर सफाइ पाएका खेलाडी हुन् ।

त्यस्तै जोरा पनि २०२४ को टी–२० विश्वकपपछि टोलीमा समावेश भएका हुन् । नेपालले युएईमा वेस्ट इन्डिजविरुद्ध ३ खेलको टी–२० शृंखला खेल्दै छ । जसमा नेपालले आगामी असोज ११, १३ र १४ मा खेल्नेछ ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos