काठमाडौँ, ३० भदौ । नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनीयताको शपथ लिएसँगै सोमबार नै पदबहाली गरेकी छिन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनले पदबहाली गर्दै यो विषम् परिस्थितिमा सबैले मिलेर काम गर्नुपर्ने बताइन् । ‘परिस्थिति अनुकूल छैन, तर काम गर्ने बेला यही हो,’ महान्यायाधिवक्ता भण्डारीले भनिन्, ‘यो विषम परिस्थिति
काठमाडौँ, ३० भदौ । नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनीयताको शपथ लिएसँगै सोमबार नै पदबहाली गरेकी छिन् ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनले पदबहाली गर्दै यो विषम् परिस्थितिमा सबैले मिलेर काम गर्नुपर्ने बताइन् । ‘परिस्थिति अनुकूल छैन, तर काम गर्ने बेला यही हो,’ महान्यायाधिवक्ता भण्डारीले भनिन्, ‘यो विषम परिस्थिति छ, सबैले मिलेर काम गर्नुपर्छ । त्यसका लागि म आफ्नो तर्फबाट प्रतिबद्ध छु ।’
सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता बराललाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नुभएको थियो । नेपालको इतिहासमा उहाँ महान्यायाधिवक्ता हुने पहिलो महिला हुन् ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *