काठमाडौँ, २७ भदौ । यही भदौ २३ र २४ गते भएको जेनजी समूहको आन्दोलनले देशभरको जीवन प्रभावित बन्यो । बिहीबारसम्म आइपुग्दा सर्वसाधारणको जीवन सामान्य बन्दै गइरहेको छ । भागेका कैदीबन्दी नियन्त्रण गर्ने क्रम जारी छ भने केही जिल्लामा लागेको निषेधाज्ञा र कफ्र्यु खुकुलो हुँदै गएको छ । देशका विभिन्न कारागारबाट भागेका १६६ कैन्दीबन्दीलाई सुरक्षाकर्मीले मकवानपुरमा
काठमाडौँ, २७ भदौ । यही भदौ २३ र २४ गते भएको जेनजी समूहको आन्दोलनले देशभरको जीवन प्रभावित बन्यो । बिहीबारसम्म आइपुग्दा सर्वसाधारणको जीवन सामान्य बन्दै गइरहेको छ । भागेका कैदीबन्दी नियन्त्रण गर्ने क्रम जारी छ भने केही जिल्लामा लागेको निषेधाज्ञा र कफ्र्यु खुकुलो हुँदै गएको छ । देशका विभिन्न कारागारबाट भागेका १६६ कैन्दीबन्दीलाई सुरक्षाकर्मीले मकवानपुरमा पक्राउ गरेका छन् । नेपाली सेना ,सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले जिल्लाका विभिन्न भागबाट बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
यस्तै, मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीबाट बुधबार भागेकामध्ये बिहीबार १२१ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको छ । १ हजार ६६ जना कैदीबन्दी राखिएको कारागारको ‘क’ ब्लक र ‘ख’ ब्लक तोडफोडपछि बुधबार मध्यराति र बिहान गरेर ४४१ जना कैदीबन्दी फरार भएका थिए । ‘क’ ब्लकबाट २६० जना र ‘ख’ ब्लकबाट १८१ कैदीबन्दी पर्खाल भत्काएर भागेका थिए । फरारमध्ये १२१ जनालाई नियन्त्रणमा लिइएको कारागार प्रशासनले जनाएको छ ।
यस्तै, जलेश्वर कारागारबाट भागेका कैदीबन्दी स्वस्फूर्त कारागार फर्किन थालेका छन् । मंगलबार साँझ जलेश्वर कारागारबाट ५७६ मध्ये एक बाहेक सबै भागेका थिए । जसमध्ये बिहीबार १९ जना स्वेच्छिक रुपमा फर्किएको कारागार प्रशासनले जनाएको छ ।
यसैगरी, रौतहट कारागारबाट भागेका कैदीलाई पनि प्रहरीले पक्राउ गर्न थालेको छ । मंगलबार राति हुलहुज्जत गरेर गौर कारगारबाट भागेकामध्ये ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागार पठाएको छ । कुल २९१ कैदिबन्दी रहेको गौर कारागारमा २४ जना बाहेक सबै कारागार तोडफोड गरी भागेका थिए ।
भागेकामध्ये ३५ जनालाई सुरक्षाकर्मीले रौतहटका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको रौतहट प्रहरीले जनाएको छ । त्यस्तै, कारागारबाट भागेका १७ जना कैदीलाई भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा पक्राउ गरी रौतहट प्रशासनको जिम्मा लगाएको बताइएको छ । भागेकामध्ये २ जना महिला र बाँकी पुरुष कैदी रहेका छन ।
जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ । कारागारबाट भागेर बागलुङ प्रवेश गर्दै गरेका उनीहरूलाई मालढुंगा चेकपोस्टबाट बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । जिल्ला कारागार कास्कीबाट भागेका ३ जना र जिल्ला कारागार म्याग्दीबाट भागेका १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, डडेल्धुरा कारागारबाट भागेका ६ जना कैदी बैतडीबाट समातिएका छन् । संयुक्त सुरक्षा टोलीले जिल्लाको पाटन नगरपालिका–१ सकारबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा डोटी र अछाम घर भएका २÷२ र दार्चुला तथा बैतडी घर घएका १÷१ जना रहेका छन् । उनीहरू कर्तव्य ज्यान मुद्दा, जबर्जस्तीकरणी र चोरीसम्बन्धी मुद्दामा दोषी ठहर हुँदै जेल चलान भएका बताइएको छ । जेनजीको प्रदर्शनका कारण बुधबार बिहानै डडेल्धुरा कारागार तोडफोड गरेर कैदीबन्दी फरार भएका थिए ।
बाँकेको नौवस्ता कारागारबाट भागेका ७ कैदीबन्दीलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको छ । उनीहरूमध्ये १ जनाले इलाका प्रहरी कार्यालय, कोहलपुरमा आत्मसर्मपण गरेका छन् । अन्य ६ जनालाई जिल्ला प्रहरी कार्यालय, बाँकेले पक्राउ गरेको कारागार प्रशासनले जनाएको छ ।
जिल्लाको नौवस्ता कारागारको बालसुधार गृहबाट ७६ र डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहबाट १२२ बालबन्दी भागेका थिए । जयन्दु बालसुधार गृहमा २२८ जना बालबन्दी थिए ।
प्रदर्शनका क्रममा झापाका विभिन्न इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका ९२ जना थुनुवाहरू अझै सम्पर्क नआएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यही भदौ २४ गते इलाका प्रहरी कार्यालय अनारमनीमा रहेका ३६, इलाका प्रहरी कार्यालय दमकका ५१ र झिलझिले इलाका प्रहरी कार्यालय ५ गरी ९२ जना थुनुवा भागेका थिए । उनीहरू हालसम्म पनि सम्पर्क नआएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रदर्शनकारीले जिल्लाका दमक, विर्तामोड, झिलझिले र काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा आजगनी र तोडफोड गरेका थिए । विर्तामोडस्थित इलाका प्रहरी कार्यालयमा आगजनी हुनुअघि प्रदर्शनकारीले नियन्त्रणमा लिएका हतियार सेनाले फिर्ता लिइसकेको छ ।
देशको राजधानी काठमाडौँका विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दीलाई बिहीबार बिहान धादिङको गजुरीबाट नेपाली सेनाले नियन्त्रणमा लिएको छ । जेन–जी आन्दोलनको मौका छोपेर कारागारबाट भागेकामध्ये ३५ जनालाई गजुरी चेक प्वाइन्टबाट नेपाली सेनाले नियन्त्रणमा लिएको हो । बुधबार ३ जनालाई धादिङकै गल्छीस्थित बैरेनीबाट नियन्त्रणमा लिएको थियो ।
िबहीबार नियन्त्रणमा लिएकाहरूमा केन्द्रीय कारागारबाट भागेका २१ जना, नक्खु कारागारका ९, भीमफेदी कारागारका ४, भद्र केन्द्रीय कारागारबाट भगेकामध्ये १ जनालाई पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ ।
रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, रामेछापले जनाएको छ ।
गोली लागेर १ जना कैदीको अवस्था गम्भीर छ भने अन्य १० जना पनि घाइते भएका छन् ।
जेनजीहरूको आन्दोलनका क्रममा विभिन्न स्थानमा आगजनी र तोडफोड भएपछि सडकमा थुप्रिएको फोहोर पत्रकारले सफा गरेका छन् । मकवानपुर जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरूले बिहीबार फोहोर सफा गरेका हुन् ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ९ नयाँ बस्तीमा भेटिएको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । बस्तीको बीचमा भेटिएको बमलाई बस्ती भन्दा ५ सय मिटर पर लगेर निष्कृय पारिएको श्रीमेयर गण धुलिखेलले जनाएको छ ।
बुधबार साँझ नै बम फेला परेको भए पनि घरहरू नजिक भएको र अँध्यारो भएको कारण नेपाली सेनाको बम बिस्पोजल टोलीले बिहीबार बिहान मात्र डिस्पोज गरेको थियो । बस्ती र अध्यारोको कारण बम डिस्पोज गर्न नमिलेपछि रातभर बमलाई नेपाली सेनाले घेरा हालेर सुरक्षित गरेको थियो । बनेपामा डेट एक्सपायर भएका ८ वटा सकेट बम फेला परेका थिए ।
जेनजीको आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझदेखि कर्फ्यु आदेश जारी गरेको छ । कफ्यू शुक्रबार बिहान ६ बजेसम्म कायम रहनेछ । यता, पश्चिम नवलपरासीमा लगाइएको अनिश्चितकालीन कफ्र्यू बिहीबार खुकुलो बनाइएको छ । बिहीबार बसेको सुरक्षा समितिको बैठकले जिल्लाभरि लगाइएको कफ्र्यु आदेशलाई दिनभरि निषेधाज्ञामा परिणत गर्दै खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
चितवनमा लगाइएको कफ्र्यु हटाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार यही भदौ २४ गतेदेखि लगाइएको कफ्र्यु हटाएर निषेधाज्ञा लगाइएको छ । बिहीबार बिहान ६ बजेदेखि कफ्र्यु हटाएर निषेधाज्ञा लगाइएको हो ।
पोखरामा मृत फेला परेकी युवती दोलखाकी भएको पुष्टि भएको छ । दोलखाको वैतेश्वर गाउँपालिका–८ छेत्रपा फेदीकी स्वस्थानी खड्का रहेको प्रहरीले जनाएको छ । स्वस्थानी काठमाडौँमा काम गर्ने भए पनि कामको सिलसिलामा पोखरा पुगेकी थिइन् ।
स्वस्थानीको पोखरा लेकसाइड अंशुभरा स्क्वायरमा भएको आगलागीमा मृत्यु भएको थियो । उनको बुधबार जलेको अवस्थामा शव फेला परेको थियो ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *