728 x 90

विश्व नम्बर–१ सिनरलाई हराउँदै अल्कारेजले जिते युएस ओपनको उपाधि

विश्व नम्बर–१ सिनरलाई हराउँदै अल्कारेजले जिते युएस ओपनको उपाधि

काठमाडौँ, २३ भदौ । स्पेनिस स्टार कार्लोस अल्कारेज वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिसको पुरुष एकतर्फ च्याम्पियन बनेका छन् । उनले अमेरिकाको न्युयोर्कमा सोमबार भएको खेलमा साविक विजेता विश्व नम्बर–१ जानिक सिनरलाई ३–१ सेटले हराउँदै उपाधि जितेका हुन् । अल्कारेजले दोस्रोपटक युएस ओपनको उपाधि जितेका हुन् । यसअघि उनले सन् २०२२ मा कास्पर रुडलाई पाखा

काठमाडौँ, २३ भदौ । स्पेनिस स्टार कार्लोस अल्कारेज वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिसको पुरुष एकतर्फ च्याम्पियन बनेका छन् । उनले अमेरिकाको न्युयोर्कमा सोमबार भएको खेलमा साविक विजेता विश्व नम्बर–१ जानिक सिनरलाई ३–१ सेटले हराउँदै उपाधि जितेका हुन् । अल्कारेजले दोस्रोपटक युएस ओपनको उपाधि जितेका हुन् ।

यसअघि उनले सन् २०२२ मा कास्पर रुडलाई पाखा लगाएर उपाधि उचालेका थिए । विश्व नम्बर–२ अल्कारेज इटालियन स्टार सिनरविरुद्ध पहिलो सेटमा ६–२ ले विजयी भएका थिए । दोस्रो सेटमा भने सिनर ६–३ ले अगाडि रहे ।

त्यसपछिका २ सेटमा ६–१, ६–४ ले विजयी हुँदै अल्कारेजले करिअरको छैटौँ ग्रान्डस्लाम उपाधि उचालेका थिए । यस्तै, यो वर्ष अल्कारेजले जितेको यो दोस्रो ग्रान्डस्लाम हो । यसअघि उनले सिनरलाई नै हराउँदै फ्रेन्च ओपनको उपाधि जितेका थिए ।

यसैगरी, बेलारुसी स्टार आर्यना साबालेन्काले महिला एकलतर्फको उपाधि रक्षा गरेकी छन् । साबालेन्काले फाइनलमा घरेलु खेलाडी अमान्डा एमिसिमोभाविरुद्ध ६–३, ७–६ (७–३) को जित हात पारिन् ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos