728 x 90

कर्णालीको विजयी यात्रा कायमै, ललितपुरको तेस्रो जित

कर्णालीको विजयी यात्रा कायमै, ललितपुरको तेस्रो जित

काठमाडौँ, २३ भदौ । पोखरामा जारी वात्सल्य एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा साविक विजेता कर्णाली यशविसले आफ्नो विजयी यात्रालाई कायम राखेको छ । कर्णालीले सोमबार काठमाडौँ स्पाइकर्सलाई ३–० सेटमा हराएको हो । रोमाञ्चक खेलको पहिलो सेटमा कर्णालीले २५–२२ अंकको अग्रता लिएको थियो । दोस्रो सेटका प्रारम्भदेखि नै दुवै टोली एकअर्काविरुद्ध अग्रता लिँदै र गुमाउँदै

काठमाडौँ, २३ भदौ । पोखरामा जारी वात्सल्य एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा साविक विजेता कर्णाली यशविसले आफ्नो विजयी यात्रालाई कायम राखेको छ । कर्णालीले सोमबार काठमाडौँ स्पाइकर्सलाई ३–० सेटमा हराएको हो । रोमाञ्चक खेलको पहिलो सेटमा कर्णालीले २५–२२ अंकको अग्रता लिएको थियो । दोस्रो सेटका प्रारम्भदेखि नै दुवै टोली एकअर्काविरुद्ध अग्रता लिँदै र गुमाउँदै अगाडि बढेका थिए ।

अन्ततः कर्णाली यशविसले नै दोस्रो सेटको नतिजालाई पनि २९–२७ अंकले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटको नतिजालाई आफ्नो पक्षमा पार्न पनि कर्णालीले ठुलै कसरत गर्नुप¥यो । तेस्रो सेटमा कर्णाली २८–२६ अंकले विजयी भयो । जारी प्रतियोगितामा कर्णालीले हात पारेको यो लगातार तेस्रो जित हो ।

यस्तै, ललितपुर क्विन्सले लगातार तेस्रो जित हासिल गरेको छ । सोमबार नै भएको खेलमा ललितपुरले लुम्बिनी लाभाजलाई ३–० को सोझो सेटमा हराएको हो । यससँगै, ललितपुरले ९ अंक जोडेको छ । यो हारमा लुम्बिनीको फाइनलमा पुग्ने सम्भावना समाप्त भएको छ । ललितपुरले खेलमा एकपक्षीय पकड बनाएको थियो । लुम्बिनीले दोस्रो र तेस्रो सेटमा केही चुनौती दिए पनि ललितपुरले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

राष्ट्रिय टोलीकी कप्तान तथा सेटर अरुणा शाहीलाई पहिलो खेलमा चोट लागेपछि लुम्बिनी दबाबमा छ । उनको अनुपस्थिति यो खेलमा पनि खट्किएको स्पष्ट देखिन्थ्यो । ललितपुरले २५–१३, २५–२० र २५ –२१ को सहज जित आफ्नो पक्षमा पा¥यो । शतप्रतिशत जित निकालेको ललितपुरले कर्णाली जत्तिकै समान खेलबाट ९ अंक बनाएको छ । योसँगै ललितपुरको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । ललितपुरले यसअघि मधेस युनाइटेड र काठमाडौँ स्पाइकर्सलाई सोझो सेटमा हराएको थियो ।

यो लुम्बिनीको भने तेस्रो खेलमा दोस्रो हार हो । पहिलो खेलमा कर्णालीसँग हारेको लुम्बिनीले आइतबार दोस्रो खेलमा पोखरा निन्जाजलाई ३–२ को सेटमा हराएको थियो । लुम्बिनीको ३ खेलबाट २ अंक छ । उसले बाँकी २ खेल सोझो सेटमा जितेको खण्डमा ६ अंक जोड्नेछ । यदि २ जित सम्भव भए पनि उसको अंक ८ मात्र पुग्नेछ ।

प्रतियोगिता इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा गरेको हो । प्रतियोगिता २८ भदौसम्म पोखराको बहुउद्देशीय कभर्डहलमा सञ्चालन हुनेछ । प्रतियोगितामा कर्णाली यशविस, ललितपुर क्विन्स, काठमाडौँ स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दै छन् ।

सहभागी टोलीले सिंगल राउन्ड रोविनका आधारमा एकआपसमा खेलेपछि सर्वाधिक अंक जोड्ने २ टोलीबीच २८ भदौमा फाइनल खेल खेलाइने आयोजकले जनाएको छ ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos