728 x 90

नेपाल र बंगलादेशबीचको दोस्रो खेल रद्द

नेपाल र बंगलादेशबीचको दोस्रो खेल रद्द

काठमाडौँ, २३ भदौ । जेन–जीको प्रदर्शन प्रकरणका कारण मंगलबार हुने भनिएको नेपाल र बंगलादेशबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार साँझ आकस्मिक बैठक राख्दै मंगलबार तय नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल रद्द गरेको हो । शनिबार भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो । दुवै

काठमाडौँ, २३ भदौ । जेन–जीको प्रदर्शन प्रकरणका कारण मंगलबार हुने भनिएको नेपाल र बंगलादेशबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार साँझ आकस्मिक बैठक राख्दै मंगलबार तय नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल रद्द गरेको हो ।

शनिबार भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो । दुवै देश दोस्रो खेलमा जित निकाल्ने योजनामा थिए ।

सोमबार काठमाडौँसहित देशैभर भएको जेन–जीको प्रदर्शनले उग्ररूप लिएको थियो ।

भ्रष्टाचारविरुद्ध गरिएको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् । यही कारण सुरक्षा चुनौती भएकाले खेल रद्द गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos