728 x 90

युक्रेनको प्रधानमन्त्री कार्यालय भवनमा ड्रोन आक्रमण

युक्रेनको प्रधानमन्त्री कार्यालय भवनमा ड्रोन आक्रमण

किएभ, २२ भदौ । रुसले युक्रेनको राजधानी किएभको प्रधानमन्त्री कार्यालय भवनमा ड्रोन आक्रमण गरेको छ । यो आक्रमणबाट सहरका अन्य भागहरूमा रहेका ठुला आवासीय भवनहरूमा पनि पनि क्षति पुगेको छ । ती भवनहरू आंशिक रूपमा क्षतिग्रस्त बनेका छन् । अधिकारीहरूका अनुसार युक्रेनका कैयौँ भागमा रुसको हमलाका कारण ४ जनाको मृत्यु भएको छ भने ४४ जना

किएभ, २२ भदौ । रुसले युक्रेनको राजधानी किएभको प्रधानमन्त्री कार्यालय भवनमा ड्रोन आक्रमण गरेको छ । यो आक्रमणबाट सहरका अन्य भागहरूमा रहेका ठुला आवासीय भवनहरूमा पनि पनि क्षति पुगेको छ । ती भवनहरू आंशिक रूपमा क्षतिग्रस्त बनेका छन् । अधिकारीहरूका अनुसार युक्रेनका कैयौँ भागमा रुसको हमलाका कारण ४ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।

रुसी हमलापछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ‘निर्मम’ हवाई हमला भनेका छन् । उनले युक्रेनमा ८०० बढी ड्रोन, १३ मिसाइल प्रहार भएको बताएका छन् । उनले आफ्ना सहयोगीलाई ‘पेरिसमा जे कुरा भएको छ, त्यसलाई पूर्ण रूपमा लागू गर्न’ निर्देशन दिएका छन् । पेरिसमा गत साता भएको सम्मेलनमा युक्रेनको सुरक्षा ग्यारेन्टी र सहयोगलाई मजबुत बनाउने सहमति भएको थियो । जसमा युरोपियन मुलुकले मिलेर रक्षा सहयोग बढाउने र रुसमाथि दबाब दिने आश्वासन दिएका थिए ।

राष्ट्रपतिको सहर क्रिवी रिहमाथि पनि ब्यालिस्टिक र क्रुज मिसाइलका साथ ड्रोनबाट हमला गरिएको थियो । स्थानीय अधिकारीले यो हमलामा यातायात भवन, कारोबार, एक औद्योगिक एकाइ, एक शैक्षिक संस्थान र दर्जन आवासीय ब्लकमा क्षति पुगेको छ । रुसको रक्षा मन्त्रालयले राती युक्रेनले आफूमाथि गरेको हमलामा ६९ ड्रोनलाई रोकिएको दाबी गरेको छ । रुसी मन्त्रालयले युक्रेनको सैन्य उत्पादन र यातायातसँग जोडिएका स्थानमा निशाना बनाइएको र यो आक्रमणमा हतियार, सैन्य उपकरण र गोदामहरूमा क्षति पुगेको जनाएको छ ।

युक्रेनका प्रधानमन्त्री युलिया स्विरिडंकोले घटनाको आधिकारिक पुष्टि गर्दै रुसको हमलामा किएभको मन्त्रिपरिषद्को भवनमा नोक्सान पुगेको बताएका छन् । ‘पहिलोपटक एक सरकारी भवन दुश्मनको हमलाका कारण क्षतिग्रस्त बनेको छ’, उनले फेसबुकमा लेखेका छन् । किएभमा १ वेयरहाउस, १६ आवासीय भवन र ४ तले भवनमा हमला भएको छ । युक्रेनको एयर फोर्सले रुसले रातभरको हमलामा ८०५ ड्रोन र १३ मिसाइलले आक्रमण गरेको जनाएको छ । उसले ७५१ ड्रोनलाई निस्क्रिय बनाइएको जनाएको छ ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos