728 x 90

टप इन्ड टी–२० शृंखलामा नेपालको पहिलो जित

टप इन्ड टी–२० शृंखलामा नेपालको पहिलो जित

काठमाडौँ, ४ साउन । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० शृंखलामा नेपालले पहिलो जित हासिल गरेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको हो । मंगलबार अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रनको योगफल बनाएको थियो । जितका लागि

काठमाडौँ, ४ साउन । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० शृंखलामा नेपालले पहिलो जित हासिल गरेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको हो ।

मंगलबार अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रनको योगफल बनाएको थियो । जितका लागि १८१ रनको लक्ष्य पछ्याएको होबार्ट हरिकेन्सले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन मात्र बनायो । नेपाललाई विजयी दिलाउने क्रममा नन्दन यादव एक्लैले ५ विकेट लिए । यस्तै कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल र रिजन ढकालले १–१ विकेट लिए ।

होबार्ट हरिकेन्सका लागि ब्याटिङ गर्ने क्रममा ब्राड्ली होपले ३१ तथा चार्ली वाकिमले २८ रन बनाए ।

यसअघि होबार्ट हरिकेन्सविरुद्ध १८० रन बनाउने क्रममा नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान दिए । उनले २६ बलमा ३ चौका प्रहार गरे । त्यसैगरी आसिफ शेखले २८ बलमा २ चौका प्रहार गर्दै २९ रन जोडे । लोकेश बमले अविजित २५ रन, कुशल भुर्तेलले २७, भीम सार्कीले १८ तथा कप्तान रोहितकुमार पौडेलले ९ रन जोडे ।

बलिङतर्फ होबर्टका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले २–२ तथा मार्कस बेन, गाबे बेल र ब्राडली होपले १–१ विकेट लिए । नेपाल यसअघि खेलेका ३ वटै खेलमा पराजित भएको थियो । नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन, बंगलादेश ‘ए’सँग ३२ तथा मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।

नेपालले अब बुधबार मेलवर्न रेनेगेड्ससँग तथा शुक्रबार पाकिस्तान शाहिन्ससित खेल्ने छ । नेपालले २० तारिखमा रेनगेड्ससँग पाँचौँ र २२ तारिखमा पाकिस्तानसँग छैटौँ खेल खेल्नेछ ।

यो शृंखला सकिएलगत्तै नेपाली टोली अस्ट्रेलियामै अर्को शृंखलामा सहभागी हुनेछ । दोस्रो शृंखलामा पनि नेपाली टोलीले कुल ५ खेल खेल्नेछ । नेपाली टोलीले यी दुवै शृंखला आगामी टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीका क्रममा खेल्न लागेको हो । एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको विश्वकप छनोट प्रतियोगिता आगामी ८ देखि १७ अक्टोबरसम्म ओमानमा आयोजना हुँदै छ ।

छनोट प्रतियोगितामा नेपालसहित ९ टोली सहभागी हुनेछन् । नेपाल, जापान र कुवेत प्रतियोगिताको समूह ‘बी’ मा छन् । मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन् । समूह ‘सी’ मा भने आयोजक ओमान, पपुवा न्युगिनी र समाओ रहेका छन् । अन्तिम चरणको उक्त छनोट प्रतियोगिताबाट ३ वटा टोली आगामी आइसिसी टी–२० विश्वकपमा पुग्नेछन् । यो प्रतियोगिता सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदै छ ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos