728 x 90

टप इन्ड टी–२० श्रृंखलामा नेपालको लगातार तेस्रो हार

टप इन्ड टी–२० श्रृंखलामा नेपालको लगातार तेस्रो हार

काठमाडौँ, ३ भदौ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० शृंखलाअन्तर्गत नेपाल आफ्नो तेस्रो खेलमा पनि पराजित भएको छ । डार्बिनस्थित टिआइओ रंगशालामा सोमबार भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग नेपाल ३१ रनले पराजित भएको हो । यससँगै ३ खेल खेलेको नेपाल तीनै खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइक र दोस्रो

काठमाडौँ, ३ भदौ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० शृंखलाअन्तर्गत नेपाल आफ्नो तेस्रो खेलमा पनि पराजित भएको छ । डार्बिनस्थित टिआइओ रंगशालामा सोमबार भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग नेपाल ३१ रनले पराजित भएको हो । यससँगै ३ खेल खेलेको नेपाल तीनै खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइक र दोस्रो खेलमा बंगलादेश ‘ए’ टोलीसँग पराजित भएको थियो ।

सोमबार मेलबर्न स्टार्स एकेडेमीले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रनमा समेटियो । नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाए । उनको त्यो अर्धशतक नेपालको जितको लागि प्रयाप्त भएन । उनले ४९ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५३ रन जोडेका हुन् ।

त्यसैगरी कप्तान रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५ तथा कुशल मल्लले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । मेलबर्न स्टार्स एकेडेमीका लागि अस्टिन अन्लेजार्क र डग वारेनले समान २–२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए । त्यसैगरी थोमस रोजर्सले ६५ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र शाहब आलमले समान १–१ विकेट लिए ।

यसअघि, आफ्नो पहिलो खेलमा नेपाली टोली एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा पनि नेपाली टोली बंगलादेशको ‘ए’ टोलीसँग ३२ रनले पराजित भएको थियो ।टप इन्ड शृंखला २४ अगस्टसम्म सञ्चालन हुनेछ । शृंखलामा नेपालले आफ्नो चौथो खेल मंगलबार हरिकन्ससँग खेल्नेछ । नेपालले २० तारिखमा रेनगेड्ससँग पाँचौँ र २२ तारिखमा पाकिस्तान ‘ए’सँग छैटौँ खेल खेल्नेछ ।

यो शृंखला सकिएलगत्तै नेपाली टोली अस्ट्रेलियामै अर्को शृंखलामा सहभागी हुनेछ । दोस्रो शृंखलामा पनि नेपाली टोलीले कुल ५ खेल खेल्नेछ । नेपाली टोलीले यी दुवै शृंखला आगामी टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीका क्रममा खेल्न लागेको हो । एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको विश्वकप छनोट प्रतियोगिता आगामी ८ देखि १७ अक्टोबरसम्म ओमानमा आयोजना हुँदै छ ।

छनोट प्रतियोगितामा नेपालसहित ९ टोली सहभागी हुनेछन् । नेपाल, जापान र कुवेत प्रतियोगिताको समूह ‘बी’ मा छन् । मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन् । समूह ‘सी’ मा भने आयोजक ओमान, पपुवान्यूगिनी र समाओ रहेका छन् । अन्तिम चरणको उक्त छनोट प्रतियोगिताबाट ३ वटा टोली आगामी आइसिसी टी–२० विश्वकपमा पुग्नेछन् । यो प्रतियोगिता सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदै छ ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos