‘स्क्रिन टाइम’ अर्थात् मोबाइल, ट्याब, टेलिभिजन आदिले तपाईँका बच्चाको मस्तिष्कमा पनि राज गरिसकेको हुन सक्छ । यस्तो लतले भविष्यमा उनीहरूको स्वास्थमा असर पार्छ । मुख्यत : आँखा र मानसिक स्वास्थ्यमा । यद्यपि, अभिभावकले यस्ता सजगता अपनाएर उनीहरुको स्क्रिन टाइमको व्यवस्थापन गर्न सक्छन् । कतिपय बच्चा उठ्नेबितिकै ट्याबटप वा मोबाइल समाउन थाल्छन् । यो कुनै कुलतभन्दा
‘स्क्रिन टाइम’ अर्थात् मोबाइल, ट्याब, टेलिभिजन आदिले तपाईँका बच्चाको मस्तिष्कमा पनि राज गरिसकेको हुन सक्छ । यस्तो लतले भविष्यमा उनीहरूको स्वास्थमा असर पार्छ । मुख्यत : आँखा र मानसिक स्वास्थ्यमा । यद्यपि, अभिभावकले यस्ता सजगता अपनाएर उनीहरुको स्क्रिन टाइमको व्यवस्थापन गर्न सक्छन् ।
कतिपय बच्चा उठ्नेबितिकै ट्याबटप वा मोबाइल समाउन थाल्छन् । यो कुनै कुलतभन्दा कम होइन । उनीहरुलाई मोबाइलबाट टाढा राख्न ‘हेल्दी रुटिन’ बनाउन आवश्यक छ । बच्चाहरुलाई बिहानको समय पूजापाठमा वा उनीहरुले सक्ने विभिन्न काममा संलग्न गराउन उपयोगी हुन्छ ।
सम्भव भएसम्म बच्चाहरुलाई घरमै गर्न सकिने सामान्य शारीरिक अभ्यासमा आफूसँगै संलग्न गराउनु पर्छ ।
दिउँसोको समय भने समान्यतया सबैको स्क्रिनमा नै बित्ने गर्छ । विद्यालयहरूले सुरु गरेको ‘अनलाइन क्लास’ स्क्रिनमा बित्ने प्रभावकारी समय हुन सक्छ । ‘अनलाइन क्लास’ बाहेक, बच्चाले कस्तो सामग्री हेर्दै छन्, त्यसमा भने ख्याल राख्नु पर्छ । प्रत्येक एक घण्टाको अवधिमा उनीलाई स्क्रिनबाट टाढा राख्नु उचित हुन्छ ।
बच्चाहरुलाई स्क्रिनबाट अलग्याउन अभिभावकले उनीहरूसँग कुराकानी गर्ने, कथा सुनाउने, उनीहरूका विचारसुन्ने गर्नु पर्छ । खाना र खाजाको समयमा मोबाइललाई टाढै राख्नुपर्छ ।
साँझको केही समय पढाइ लेखाइमा लगाउनु पर्छ । परिवारका सदस्यको निगरानी भएमा उनीहरुले पढ्न लेख्न झंझट मान्ने सम्भावना कम हुन्छ ।
भान्सा बच्चाहरूलाई संलग्न गराउनु अर्को उपाय हो । भान्सामा प्रया्ग गरिने खाद्यान्न र सामग्री व्यवहारिक तथा प्रयोगात्मक शिक्षा पनि हुन्, जुन उनीहरूका लागि आवश्यक छन् ।
मोबाइल, ल्यापटप वा ट्याबसँगै राखेर सुत्नु स्वास्थको लागि लाभदायी हुँदैन । वयस्कहरूले पनि सुत्नुअघिको एक घण्टा स्क्रिनमा नबिताउन विज्ञले सल्लाह दिँदै आएका छन । यदि, ठुलाबडाबाट यसको सुरुवात भए बच्चाले पनि अवश्य सिक्नेछन् ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *