काठमाडौँ, २८ साउन । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौँ स्पाइकरको नयाँ मुख्य प्रशिक्षकमा लोकबहादुर बुढालाई नियुक्त गरिएको छ । \खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका बुढा पहिलोपटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक बनेका हुन् । यसअघि पहिलो संस्करणमा काठमाडौँ स्पाइकर्सको मुख्य प्रशिक्षकमा नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकसमेत
काठमाडौँ, २८ साउन । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौँ स्पाइकरको नयाँ मुख्य प्रशिक्षकमा लोकबहादुर बुढालाई नियुक्त गरिएको छ ।
\खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका बुढा पहिलोपटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक बनेका हुन् ।
यसअघि पहिलो संस्करणमा काठमाडौँ स्पाइकर्सको मुख्य प्रशिक्षकमा नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकसमेत रहेका जगदीश भट्ट थिए । यस सिजन बुढालाई नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरिएको हो ।
बुढाले त्रिभुवन आर्मी क्लबबाट खेलाडीको रूपमा खेलेका थिए भने हाल सोही क्लबमा प्रशिक्षकको भूमिकामा छन् । उनले राष्ट्रिय टोलीको कोचिङ स्टाफको रूपमा रहेरसमेत काम गरिसकेका छन् ।
बुढाको प्रशिक्षण अनुभवले राम्रो नतिजा हात पार्ने टिमको विश्वास रहेको काठमाडौँ स्पाइकर्सले जनाएको छ ।
काठमाडौँ स्पाइकर्सको मुख्य प्रशिक्षक नियुक्त भएपछि बुढाले आफ्नो जिम्मेवारी पूरा गर्ने र राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताए । ‘एभरेस्ट महिला भलिबल लिगको प्रशिक्षकमा नियुक्त हुँदा खुसी छु र काठमाडौँ स्पाइकर्सलाई धन्यवाद दिन चाहन्छु । प्रशिक्षकको रूपमा पहिलेदेखि काम गरिरहेको छु । राष्ट्रिय टिमको कोचिङ स्टाफ र विभागीय टिममा पनि प्रशिक्षक भएर काम गरिसकेको छु । अक्सनबाट खेलाडीहरू अनुबन्ध भइसकेको छ । अब छिट्टै विदेशी खेलाडी पनि अनुबन्ध हुने चरणमा छ ।’
नेपाली राष्ट्रिय महिला टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेयर रहेको काठमाडौँ स्पाइकर्समा मनिषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् । यसअघि अक्सनबाट कविता भट्टलाई अनुबन्ध गरे पनि उनी अस्ट्रेलिया गएपछि उनको स्थानमा भुवनेश्वरीलाई राखिएको हो ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *