728 x 90

चितवनमा लम्पी स्किनबाट ३० वटा गाईगोरु मरे

चितवनमा लम्पी स्किनबाट ३० वटा गाईगोरु मरे

चितवन, २७ साउन । पशु चौपायमा लाग्ने रोग लम्पी स्किनबाट जिल्लामा ३० वटा गाईगोरु मरेका छन् । पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३० गाईगोरु मरेका हुन् । कार्यालयकी सूचना अधिकारी डा.सविना मिश्रका अनुसार अहिलेसम्म जिल्लाका ७९३ वटा गाईगोरु, भैँसीमा यो रोगको संक्रमण देखिएको छ । जसमध्ये भैँसी–राँगा

चितवन, २७ साउन । पशु चौपायमा लाग्ने रोग लम्पी स्किनबाट जिल्लामा ३० वटा गाईगोरु मरेका छन् । पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३० गाईगोरु मरेका हुन् ।

कार्यालयकी सूचना अधिकारी डा.सविना मिश्रका अनुसार अहिलेसम्म जिल्लाका ७९३ वटा गाईगोरु, भैँसीमा यो रोगको संक्रमण देखिएको छ । जसमध्ये भैँसी–राँगा ४ र गाईगोरु ७९३ वटा रहेका छन् । लम्पी स्किनबाट हालसम्म खैरहनी नगरपालिका बढी प्रभावित भएको उनले जानकारी दिइन् ।

उनका अनुसार सो पालिकामा हालसम्म ४२५ वटा पशुचौपाया प्रभावित भएका छन् भने २२ वटा मरेका छन् । रत्ननगरमा १९१ वटा पशुचौपाया प्रभावित भएका छन् । जहाँ ४ वटा गाई गोरु मरेका छन् ।

यस्तै राप्ती नगरपालिकामा ७५, भरतपुर महानगरपालिकामा ६२, माडी नगरपालिकामा २७ र कालिका नगरपालिकामा १३ वटा पशु चौपाया संक्रमित भएका छन् । भरतपुर महानगरपालिकामा ४ वटा पशु चौपाया मरेको सूचना अधिकारी मिश्रले जानकारी दिइन् । उनका अनुसार रत्ननगरमा ३ र राप्तीमा एउटा भैँसी–राँगा प्रभावित भएका छन् ।

जिल्लामा लम्पी स्किन देखिन थालेपछि खोप लगाउने किसानको संख्या बढेको छ । हालसम्म ५९ हजार ९७४ वटा पशु चौपायालाई लम्पी स्किन विरुद्धको खोप दिई सकिएको उनले जानकारी दिइन् । गर्मीयाममा लामखुट्टे, झिँगालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको मिश्रले बताइन् ।

गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा १ देखि ५ सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखा पर्दछन् ।

संक्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ ।

यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने मिश्रले बताइन् ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos