काठमाडौँ, २५ साउन । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि भएकोे मिनी अक्सनबाट ८ टोलीले ३७ खेलाडी अनुबन्ध गरेका छन् । जसअनुसार आदिल अन्सारी काठमान्डु गोर्खाजमा आबद्ध भएका छन् । शनिबार काठमाडौँमा गरिएको मिनी अक्सनमा आदिलमाथि ८ वटै टोलीले बोली लगाएकामा लक्की ड्रमार्फत् काठमान्डुले बाजी मारेको हो । उनी १५ लाख रुपैयाँमा अनुबन्ध
काठमाडौँ, २५ साउन । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि भएकोे मिनी अक्सनबाट ८ टोलीले ३७ खेलाडी अनुबन्ध गरेका छन् ।
जसअनुसार आदिल अन्सारी काठमान्डु गोर्खाजमा आबद्ध भएका छन् । शनिबार काठमाडौँमा गरिएको मिनी अक्सनमा आदिलमाथि ८ वटै टोलीले बोली लगाएकामा लक्की ड्रमार्फत् काठमान्डुले बाजी मारेको हो । उनी १५ लाख रुपैयाँमा अनुबन्ध भएका हुन् । यसअघिको संस्करणको एनपिएलमा आदिल प्रतिबन्धका कारण सहभागी भएका थिएनन् । म्याच फिक्सिङ प्रकरणमा सफाइ पाएपछि उनले यो पटक अक्सनमा भाग लिन पाएका हुन् । आदिलसँगै अन्य ३ खेलाडी पनि १५ लाख रुपैयाँमा अनुबन्ध भएका छन् ।
जसमा देव खनाल, पनव सर्राफ र अर्जुन साउद छन् । देवले चितवन राइनोजबाट खेल्ने भएका छन् । यसअघि उनले कर्णाली याक्सबाट एनपिएल खेलेका थिए । देवलाई पनि लक्की ड्रबाट चितवनले भित्र्याएको हो । लुम्बिनी लायन्सले पनि उनीमाथि बोली लगाएको थियो । तर चितवनले बाजी मारेको हो । यसैगरी कर्णालीमा र अर्जुन चितवनमा आबद्ध भएका हुन् ।
त्यस्तै, सन्तोष यादव, सूर्य तामाङ, हेमन्त धामी, दिलीप नाथ, शेर मल्ल र युवराज खत्री गरी ६ जना १० लाख रुपैयाँमा अनुबन्ध भएका छन् । सन्तोष काठमान्डुमा, सूर्य विराटनगर किंग्समा, हेमन्त सुदूरपश्चिम रोयल्समा, दिलीप र शेर लुम्बिनी तथा युवराज खत्री कर्णालीमा अनुबन्ध भएका हुन् । अक्सनमा सहभागी क्लबमा जनकपुर बोल्ट्स (साविक विजेता), काठमान्डु गोर्खाज, कर्णाली याक्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स (साविक उप–विजेता), लुम्बिनी लायन्स, विराटनगर किङ्स र पोखरा एभेन्जर्स थिए ।
श्रेणी ‘ए’ मा रहेका खेलाडीहरूको न्यूनतम मूल्य १० लाख र अधिकतम १५ लाख रुपैयाँ तोकिएको थियो । त्यस्तै ‘बी’ श्रेणीमा रहेका खेलाडीको न्यूनतम मूल्य ५ लाख र अधिकतम १० लाख रुपैयाँ तोकिएको थियो । यसैगरी, श्रेणी ‘सी’ मा रहेका खेलाडीका लागि न्यूनतम २ लाख र अधिकतम ५ लाख रुपैयाँ निर्धारण गरिएको थियो ।
नेपाल क्रिकेट संघ (क्यान)ले दिएको समयभित्र ४५८ जना खेलाडीले अक्सनमा सहभागी हुने चाहनासहित आफ्नो नाम दर्ता गराएका थिए । त्यसमध्येबाट क्यानको प्राविधिक समितिले आफ्नो मापदण्डभित्र परेका १५० जना खेलाडीको नाम सार्वजनिक गरेको थियो । जसबाट शनिबार ३७ खेलाडी छानिएका हुन् ।
यसअघि नै ८ टोलीले गत सिजनका आफ्ना ५१ खेलाडीलाई रिटेन गरिसकेका थिए । एनपिएल आगामी मंसिर–पुसमा हुने तय भएको छ ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *