728 x 90

मधेस प्रदेशमा लम्पीस्किनबाट १ हजार ७०० पशु मरे

मधेस प्रदेशमा लम्पीस्किनबाट १ हजार ७०० पशु मरे

जनकपुरधाम, २५ साउन । लम्पीस्किन रोगको संक्रङ्क्रमणबाट मधेस प्रदेशमा १ हजार ७०० पशुचौपाया मरेका छन् । प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार ७०९ वटा पशु उपचारवाट निको भएको छ । लम्पीस्किन रोग लाग्दा पशुलाई सुरुमा ज्वरोआउने, शरीरमा घाउखटिरा आउने तथा घाँस र

जनकपुरधाम, २५ साउन । लम्पीस्किन रोगको संक्रङ्क्रमणबाट मधेस प्रदेशमा १ हजार ७०० पशुचौपाया मरेका छन् । प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार ७०९ वटा पशु उपचारवाट निको भएको छ ।

लम्पीस्किन रोग लाग्दा पशुलाई सुरुमा ज्वरोआउने, शरीरमा घाउखटिरा आउने तथा घाँस र पानी खान नखोज्ने लक्षण देखिन्छन् । रोगको पहिचान भएका पशुमा खोप लगाउने अभियान पनि सुरु गरिएको मन्त्रालयको भनाइ छ । अभियानअन्तर्गत हालसम्म प्रदेशभरिका दुई लाख ४५ हजार पशुलाई खोपलगाइएको छ ।

मन्त्रालयका अनुसार दुई लाख ३१ हजार ५१५ पशुलाई विज्ञकेन्द्रमार्फत खोप दिइएको छ भने स्थानीय तहमार्फत धनुषामा ५६६, सर्लाहीमा १७५ तथा रौतहटमा तीन हजार ७०० पशुलाई खोप लगाइएको छ ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos