728 x 90

जमानको अनुपस्थितिबीच वेस्ट इन्डिजमाथि पाकिस्तानको प्रभाव, जित्यो टी–२० श्रृंखला

जमानको अनुपस्थितिबीच वेस्ट इन्डिजमाथि पाकिस्तानको प्रभाव, जित्यो टी–२० श्रृंखला

काठमाडौँ, १९ साउन । पाकिस्तानले वेस्ट इन्डिजविरुद्धको ३ खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला २–१ ले जितेको छ । तर श्रृंखलाको शानदार प्रदर्शनलाई ओपनर फखर जमानको चोटले केही ओझेलमा पारिदिएको छ । जमानले अमेरिकाको फ्लोडिराीसथत लउडरहिलमा भएको दोस्रो खेलमा ह्यामस्ट्रिङको चोट बोकेका थिए । यसपछि उनले बाँकी श्रृंखलामा सहभागिता जनाउन सकेनन् । उनको अनुपस्थितिमा पाकिस्तानले तेस्रो तथा

काठमाडौँ, १९ साउन । पाकिस्तानले वेस्ट इन्डिजविरुद्धको ३ खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला २–१ ले जितेको छ । तर श्रृंखलाको शानदार प्रदर्शनलाई ओपनर फखर जमानको चोटले केही ओझेलमा पारिदिएको छ ।

जमानले अमेरिकाको फ्लोडिराीसथत लउडरहिलमा भएको दोस्रो खेलमा ह्यामस्ट्रिङको चोट बोकेका थिए । यसपछि उनले बाँकी श्रृंखलामा सहभागिता जनाउन सकेनन् । उनको अनुपस्थितिमा पाकिस्तानले तेस्रो तथा अन्तिम खेलमा १३ रनको जित दर्ता गर्दै लगातार सातौँ पटक वेस्ट इन्डिजविरुद्ध टी–२० श्रृंखला जित्न सफल भएको हो ।

यसैबीच, पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले जमानले अब आगामी ३ एकदिवसीय खेलहरूको श्रृंखलामा भाग नलिने जानकारी दिएको छ । उनको लाहोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) मा पिसिबीको मेडिकल टिमको निगरानीमा पुनःस्थापनाको प्रक्रिया सुरु हुने जनाइएको छ ।

जमानको चोटले जितको चमक कम गराएको भए पनि पाकिस्तानका अन्य खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई श्रृंखला जिताउन महत्त्वपूर्ण भूमिका खेले । स्पिनर मोहम्मद नवाजले १० को औसतमा ७ विकेट लिएर ‘प्लेयर अफ द सिरिज’को उपाधि प्राप्त गरे । उनले अन्तिम खेलमा पनि विकेट लिँदै वेस्ट इनिडजलाई पाकिस्तानले दिएको १८९/४ रनको लक्ष्यमा पुग्न नदिने ५ बलरमध्ये १ थिए ।

ओपनर साहिबजादा फरहान (७४) र साइम अय्यूब (६६) ले अर्धशतक प्रहार गर्दै पाकिस्तानलाई सशक्त सुरुवात दिलाए । वेस्ट इन्डिजका कप्तान शाई होपले टस जितेर पाकिस्तानलाई पहिले ब्याटिङ गर्न बोलाएका थिए ।

वेस्ट इन्डिजका एलिक अथानाज (६०) र शेर्फेन रदरफोर्ड (५१) ले पनि अर्धशतक बनाएर जितको आशा देखाए, तर हसन अली, हारिस रउफ र नवाजले अनुभवी बलिङ प्रदर्शन गर्दै पाकिस्तानको जित सुनिश्चित गरे ।

अब दुबै टोलीबीच ३ एकदिवसीय खेलहरूको श्रृंखला हुने छ, जसको पहिलो खेल शुक्रबार ट्रिनिडाडमा हुने छ ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos