728 x 90

रियलमाथि शानदार जित हासिल गर्दै पिएसजी क्लब विश्वकपको फाइनलमा, उपाधिका लागि चेल्सीसँग भिड्ने

    काठमाडौँ, २६ असार । पेरिस सेन्ट–जर्मेन (पिएसजी) अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति रियल म्याड्रिडमाथि ४–० गोलको शानदार जित हासिल गर्दै फ्रेन्च टोली पिएसजी उपाधि नजिक पुगेको हो । पिएसजीका फाबियन रुइसले २ गोल गर्दा, ओस्मान डेम्बेले र गोनसालो रामोसले समान १ गोल गरे । खेलको सुरुवाती २४ मिनेटमै

    काठमाडौँ, २६ असार । पेरिस सेन्ट–जर्मेन (पिएसजी) अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति रियल म्याड्रिडमाथि ४–० गोलको शानदार जित हासिल गर्दै फ्रेन्च टोली पिएसजी उपाधि नजिक पुगेको हो ।

    पिएसजीका फाबियन रुइसले २ गोल गर्दा, ओस्मान डेम्बेले र गोनसालो रामोसले समान १ गोल गरे । खेलको सुरुवाती २४ मिनेटमै पिएसजीले ३ गोल गर्दै रियलको डिफेन्स तहस नहस बनायो । पिएसजीले आइतबार चेल्सीसँग उपाधिका लागि फाइनल भिडन्त गर्नेछ ।

    पिएसजी र रियलबीचको खेल न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको थियो । ७७ हजारभन्दा बढी दर्शकबीच निकै गर्मीमा खेल भएको थियो । तापक्रम ३८ डिग्री सेल्सियस पुगेको थियो ।

    रियल टोलीले यो खेलभन्दा केही दिनअघि फ्लोरिडा यात्रा गरेर फर्किएको थियो । थकान र समन्वय अभावको असर खेलमा प्रष्ट देखियो ।

    छैटौं मिनेटमा रुइसले पहिलो गोल गरे । नवौं मिनेटमा डेम्बेलेको गोल थपे । २४ औं मिनेटमा रुइसले अर्को गोल गर्दा पिएसजीले खेल पूर्ण रुपमा नियन्त्रणमा लियो ।

    खेल सकिन ३ मिनेट बाँकी रहँदा रामोसको गोल गर्दै जितलाई थप सहज बनाए । रियलका डिफेन्डरको गल्तीमा पहिलो दुई गोल सम्भव भएको थियो ।
    रियलका किलियन एम्बाप्पेले पहिलो रोजाइमा खेले पनि खास प्रभाव पार्न सकेनन् ।

    लुका मोड्रिचले ६४ औं मिनेटमा मैदान प्रवेश गरे । रियलबाट त्यो उनको अन्तिम खेल थियो । एडर मिलिटाओ चोटमुक्त भएर मैदानमा फर्किए ।

    Posts Carousel

    Leave a Comment

    Your email address will not be published. Required fields are marked with *

    Latest Posts

    Top Authors

    Most Commented

    Featured Videos