नेपालगन्ज, ३१ भदौ । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ सिनावासमा चितुवाले आक्रमण गर्दा १ महिलाको मृत्यु भएको छ । आइतबारदेखि हराइरहेकी सोही वडाकी ४५ बर्षीया लक्ष्मी थारू जनमुखी सामुदायिक वनको पुरानो पानी ट्यांकी नजिकै सोमबार मृत फेला परेको डिभिजन वन कार्यालय, बाँकेका प्रमुख शंकर गुप्ताले जानकारी दिए । उनका अनुसार थारूको शव आसपासमा चितुवाको पाइला देखिएपछि क्यामेरा
नेपालगन्ज, ३१ भदौ । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ सिनावासमा चितुवाले आक्रमण गर्दा १ महिलाको मृत्यु भएको छ । आइतबारदेखि हराइरहेकी सोही वडाकी ४५ बर्षीया लक्ष्मी थारू जनमुखी सामुदायिक वनको पुरानो पानी ट्यांकी नजिकै सोमबार मृत फेला परेको डिभिजन वन कार्यालय, बाँकेका प्रमुख शंकर गुप्ताले जानकारी दिए ।
उनका अनुसार थारूको शव आसपासमा चितुवाको पाइला देखिएपछि क्यामेरा जडान गरी हेर्दा एउटा भाले चितुवा हिँडडुल गरेको देखिएको थियो । सो घटनापछि स्थानीय आतंकित भएकाले भाले चितुवालाई समाउन मंगलबार नै प्राविधिक टोली पठाउन लागेको उनले बताए ।
‘हामीले त्यहाँ ३ थान क्यामेरा जडान गरेका थियौँ, त्यसबाट चितुवा हिँडेको देखिएको छ, अब प्राविधिक टोली त्यहाँ जाँदै छ,’ उनले भने । मृतक थारूको शव पोस्टमार्टम पश्चात वडाको सिफारिसमा परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरिने डिभिजन वन प्रमुख गुप्ताले बताए ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *