728 x 90

जितिया पर्वको व्रत समापन

जितिया पर्वको व्रत समापन

धनुषा, ३०, भदौ । महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत सोमबार समापन भएको छ । यो पर्वमा महिलाहरूले ३ दिन विधिपूर्वक अनुष्ठान सम्पन्न गर्छन् । यस वर्षको जितिया पर्वअन्तर्गत शनिबार राति ‘ओगटन’ (दर) खाएर महिलाहरूले व्रत सुरु गरेका थिए । त्यसपछि आइतबार पानीसमेत नखाई निराहार व्रत बसेका महिलाहरूले

धनुषा, ३०, भदौ । महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत सोमबार समापन भएको छ । यो पर्वमा महिलाहरूले ३ दिन विधिपूर्वक अनुष्ठान सम्पन्न गर्छन् ।

यस वर्षको जितिया पर्वअन्तर्गत शनिबार राति ‘ओगटन’ (दर) खाएर महिलाहरूले व्रत सुरु गरेका थिए । त्यसपछि आइतबार पानीसमेत नखाई निराहार व्रत बसेका महिलाहरूले सोमबार बिहान नुहाइधुवाइ गरी व्रत समापन गरेका थिए ।

व्रतको दोस्रो दिन महिलाहरूले जितमाहा अर्थात् धर्मवीर पुत्र जितुवाहनको कथावाचन तथा पूजा–अर्चना गरी सन्तानको दीर्घायुको कामना गरेका थिए । पर्वको अन्तिम दिन विधिपूर्वक फलाहार वा अन्नग्रहण गरी व्रत समापन गरिन्छ ।

विशेषगरी मिथिला क्षेत्र, तराई मधेसका जिल्ला, काठमाडौँलगायत सहरमा रहेका मैथिल समुदायले यो पर्व भव्य रूपमा मनाइन्छ । जितिया कठोर व्रतमध्ये एक हो ।

महिलाहरू सन्तानप्रति मातृभाव र समर्पण प्रदर्शन गर्दै एक दिन–एक रात निराहार उपवास गर्छन् । धार्मिक विश्वासअनुसार यस व्रतले सन्तानको आयु लम्ब्याउने, स्वास्थ्य राम्रो बनाउने र संकटबाट जोगाउने विश्वास गरिन्छ ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos