728 x 90

स्पेनकी खेलमन्त्री आलेग्रियाको माग– इजरायललाई खेलकुदबाट प्रतिबन्ध लगाऔँ

स्पेनकी खेलमन्त्री आलेग्रियाको माग– इजरायललाई खेलकुदबाट प्रतिबन्ध लगाऔँ

काठमाडौँ, २८ भदौ । स्पेनकी खेलमन्त्री पिलार आलेग्रियाले इजरायललाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताबाट प्रतिबन्ध लगाउन आग्रह गरेकी छिन् । उनले २०२२ मा युक्रेनमा आक्रमणपछि रुसमाथि लगाइएको प्रतिबन्धजस्तै इजरायललाई पनि खेलकुदबाट निष्कासन गर्नुपर्ने बताएकी हुन् । स्पेनमा आयोजित भुएल्टा ए एस्पान्या साइकल रेसमा सहभागी इजरायल–प्रिमियर टेक नामक टोलीको उपस्थितिविरुद्ध व्यापक विरोध प्रदर्शन भइरहेको छ । स्पेन सरकारले

काठमाडौँ, २८ भदौ । स्पेनकी खेलमन्त्री पिलार आलेग्रियाले इजरायललाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताबाट प्रतिबन्ध लगाउन आग्रह गरेकी छिन् । उनले २०२२ मा युक्रेनमा आक्रमणपछि रुसमाथि लगाइएको प्रतिबन्धजस्तै इजरायललाई पनि खेलकुदबाट निष्कासन गर्नुपर्ने बताएकी हुन् ।

स्पेनमा आयोजित भुएल्टा ए एस्पान्या साइकल रेसमा सहभागी इजरायल–प्रिमियर टेक नामक टोलीको उपस्थितिविरुद्ध व्यापक विरोध प्रदर्शन भइरहेको छ । स्पेन सरकारले गाजामा इजरायलको कारबाहीलाई ‘नरसंहार’ भनेर व्याख्या गरिसकेको अलजजिरामा समाचार छ ।

यद्यपि, इजरायल–प्रिमियर टेक निजी स्वामित्वमा रहेको टोली हो । जसका मालिक इजरायली–क्यानडाली अर्बपति सिल्भान एडम्स हुन् । यो टोलीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको समर्थन पनि पाएको छ । नेतन्याहुले टोलीको विरोधका बाबजुद रेस नछोडेकोमा प्रशंसा गरेका छन् ।

रुसका खेलाडीहरूलाई पनि केवल तटस्थ झन्डा र राष्ट्रगान बिना प्रतिस्पर्धा गर्न दिइएको उदाहरण दिँदै आलेग्रियाले इजरायलका टोलीहरूलाई पनि खेलकुदबाट बहिष्कृत गर्न अन्तर्राष्ट्रिय महासंघहरूलाई आह्वान गरिन् ।

‘दोहोरो मापदण्ड स्वीकार्य छैन,’ स्पेनिस रेडियो काडेना एसइआरसँग कुरा गर्दै मन्त्री आलेग्रियाले भनिन्, ‘यति ठुलो हत्याकाण्ड, नरसंहार, भयावह अवस्था देखिँदा पनि खेलकुद संस्थाहरूले दोहोरो मापदण्ड अपनाउनु अस्वीकार्य छ । सन् २०२२ मा जसरी रुसका क्लबहरूलाई अन्तर्राष्ट्रिय खेलकुदबाट बहिष्कृत गरिएको थियो, त्यस्तै कदम इजरायलमाथि पनि चालिनु पर्छ ।’

प्रधानमन्त्री पेद्रो सान्चेजको समाजवादी गठबन्धन सरकारले युरोपभित्रै सबैभन्दा प्रष्ट रूपमा प्यालेस्टाइन समर्थक धारणा अपनाउँदै आएका छन् । जसका कारण इजरायलसँगको सम्बन्ध चिसिएको छ ।

इजरायलले अक्टोबर २०२३ मा गाजामा सैन्य कारबाही सुरु गरेको थियो । उक्त कारबाही हमासको आक्रमणपछि सुरु गरिएको हो । जसमा १ हजार १३९ जना मानिस मारिएका थिए, अधिकांश सर्वसाधारण थिए । इजरायली आक्रमणमा हालसम्म कम्तीमा ६४ हजार ६०० प्यालेस्टिनीको मृत्यु भइसकेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos