काठमाडौँ, २१ भदौ । इन्द्रजात्रामा सहभागी हुन शनिबार वसन्तपुर गएका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई फरक–फरक स्वागत गरिएको छ । राष्ट्रपति पौडेललाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आफैँले स्वागत गरे । तर, ओलीको स्वागतका बेला भने उनी देखिएनन् । प्रधानमन्त्री ओलीलाई काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली र उनी नेतृत्वको दल नेकपा (एमाले)सँग मेयर शाहको सम्बन्ध राम्रो छैन । एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यलाई हराएर शाहले स्वतन्त्र रूपमा मेयरमा बाजी मारेका थिए । शाहले मेयरमा निर्वाचित भएको केही समयदेखि नै आफूलाई एमाले र नेपाली कांग्रेसजस्ता ठुला दलले असहयोग गरेको आरोप लगाउँदै आएका छन् । प्रायः उनी सामाजिक सञ्जालमार्फत ओली र एमालेमाथि तिखो प्रहार गर्ने गर्थे । यहाँबाट उनी र प्रधानमन्त्री ओलीबीच खासै भेटघाट र अन्तक्र्रिया हुने गरेको छैन । सकभार उनीहरू भेटघाट नै गर्न नचाहेको अवस्था छ । यसैको एउटाख रूप शनिबार इन्द्रजातामा पनि देखिएको छ । मेयर शाह गत वर्षको इन्द्रजात्रामा अनुपस्थित थिए । इन्द्रजात्रा छल्न उनी भारत गएका थिए ।
यता, ओलीलाई स्वागत गर्न पुगेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ र मेयर शाहबीचको सम्बन्ध पनि राम्रो छैन । काठमाडौँ टावर भवन निर्माण विषयलाई लिएर मेयर शाहले गुरागाईँलाई गत पुस ७ गतेदेखि बिदामा राखेका थिए । यसका बीच पनि गुरागाईँ कार्यालय प्रवेश गर्न खोजेका थिए । यस क्रममा नगर प्रहरी र कर्मचारीबीच तनाव उत्पन्न भएको थियो । कर्मचारी र जनप्रतिनिधिले घेराउ गरेर उनलाई कार्यकक्षतर्फ लगेका थिए ।
मेयर शाहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको थियो, तर कर्मचारीहरूले ताला फोडेर गुरागाईँलाई हाजिर गराएका थिए । गुरागाईँमाथि एमालेनिकट भएर काम गरेको आरोप लाग्दै आएका छन् । संयोगवश उनी शनिबार एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई स्वागत गर्न अघि सरेका छन् ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *