728 x 90

टप इन्ड टी–२० शृंखला : नेपाल अस्ट्रेलियाको स्थानीय क्लबसँग ४२ रनले पराजित

टप इन्ड टी–२० शृंखला : नेपाल अस्ट्रेलियाको स्थानीय क्लबसँग ४२ रनले पराजित

काठमाडौँ, ३१ साउन । अस्ट्रेलियाको डार्विनमा जारी टप इन्ड टी–२० क्रिकेट शृंखलामा नेपाल अस्ट्रेलियाको स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकर (एनटिएस)सँग पराजित भएको छ । अस्ट्रेलियाको मरारा क्रिकेट ग्राउन्ड २ शुक्रबार भएको आफ्नो पहिलो खेलमा एनटिएससँग ४२ रनले पराजित भएको हो । एनटिएसले जितका लागि दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट

काठमाडौँ, ३१ साउन । अस्ट्रेलियाको डार्विनमा जारी टप इन्ड टी–२० क्रिकेट शृंखलामा नेपाल अस्ट्रेलियाको स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकर (एनटिएस)सँग पराजित भएको छ ।

अस्ट्रेलियाको मरारा क्रिकेट ग्राउन्ड २ शुक्रबार भएको आफ्नो पहिलो खेलमा एनटिएससँग ४२ रनले पराजित भएको हो । एनटिएसले जितका लागि दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रनमा समेटियो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए । त्यसैगरी गुल्शन झाले २६ तथा कप्तान रोहित पौडेलले २३ रन जोडे । एनटिएसका लागि म्याट हामोन्डले ३ विकेट लिए भने टम एन्ड्रयुज र केन रिचार्डसनले समान २–२ विकेट लिए । त्यस्तै हामिश मार्टिनले १ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एनटिएसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको योगफल बनाएको थियो । उसका लागि ओपनर डार्सी सर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले ।

त्यसैगरी टम एन्ड्रयुजले अविजित ३२ रन जोडे भने जोर्डन सिल्कले १९ रन बनाए । कोनर क्यारोलले १८, क्याडी म्याकमोनले १२ तथा जेक वेदराल्डले ११ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने शाहव आलमले विकेट झारे । त्यस्तै गुल्शन झा, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले समान १–१ विकेट लिए ।

एनटिएसले सन् २०२३ मा भएको सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो । त्यस्तै गत वर्ष भने सेमिफाइनलसम्म पुगेको थियो । नेपालले अब शुक्रबार बंगलादेश ‘ए’ टोलीसँग खेल्नेछ ।

टी–२० विश्वकप छनोटको तयारीका लागि नेपालले टप इन्ड टी–२० शृंखला खेलिरहेको हो । यसमा पाकिस्तान ‘ए’सँगै अस्टे«लियाका बिग बास लिग (बिबिएल) खेल्ने क्लबहरू पनि सहभागी छन् ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos