काठमाडौँ, १६ साउन । नेपालले सन् २०२६ को महिला टी–२० क्रिकेट विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । छनोटका खेलहरू आगामी वर्षको जनवरी १२ देखि फेब्रुअरी २ सम्म काठमाडौँको मूलपानीस्थित २ वटा मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ । प्रतियोगिताको पूर्ण तालिका भने पछि सार्वजनिक गरिने बताइएको छ । छनोट
काठमाडौँ, १६ साउन । नेपालले सन् २०२६ को महिला टी–२० क्रिकेट विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । छनोटका खेलहरू आगामी वर्षको जनवरी १२ देखि फेब्रुअरी २ सम्म काठमाडौँको मूलपानीस्थित २ वटा मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ । प्रतियोगिताको पूर्ण तालिका भने पछि सार्वजनिक गरिने बताइएको छ ।
छनोट प्रतियोगितामा १० राष्ट्र सहभागी हुनेछन्, जसले ४ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । यी ४ टोली सन् २०२६ को जुन–जुलाईमा इंग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा सहभागिता जनाउनेछन् । हालसम्म छनोट प्रतियोगितामा सहभागी ५ टोलीको मात्र नाम पक्का भएको छ ।
बंगलादेश र आयरल्यान्डले सन् २०२४ को टी–२० विश्वकप खेलेका कारण उनीहरू स्वतः छनोट भएका छन् । एसिया क्षेत्रीय छनोटमार्फत थाइल्यान्ड र आयोजक नेपालले स्थान बनाएका छन् भने अमेरिकी क्षेत्रबाट अमेरिका छनोटमा पुगेको छ । बाँकी ५ टोली अन्य क्षेत्रीय छनोटहरूबाट आउनेछन् । अफ्रिका र युरोपबाट २–२ टोली तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट १ टोली छनोट हुनेछन् ।
यो छनोट प्रतियोगितामा १० टोलीलाई २ समूहमा विभाजन गरिने छ । प्रत्येक समूहमा ५–५ टोली रहनेछन् । समूह चरणपछि उत्कृष्ट ६ टोली ’सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन्, त्यसपछि फाइनल खेल हुने छ ।
सन् २०२६ को महिला टी–२० विश्वकप प्रतियोगिता इतिहासमै पहिलोपटक १२ टोलीबीच हुने भएको हो । सन् २०२४ मा आयोजित संस्करणमा १० टोली सहभागी भएका थिए । न्युजिल्यान्ड सन् २०२४ को च्याम्पियन रहेको थियो । उसले अन्तिम खेलमा दक्षिण अफ्रिकालाई हराएर उपाधि जितेको थियो ।
आइसिसीले नेपाललाई पहिलोपटक विश्वस्तरीय महिला क्रिकेट प्रतियोगिता आयोजना गर्न दिएको हो । जसले नेपालको क्रिकेट पर्यटन तथा महिला क्रिकेट विकासमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *