728 x 90

भारोत्तोलनको नेतृत्वमा कानन चौधरी चयन

भारोत्तोलनको नेतृत्वमा कानन चौधरी चयन

काठमाडौँ, १६ साउन । नेपाल भारोत्तोलन संघको चुनावी साधारणसभाले कानन चौधरीको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति बिहीबार निर्विरोध चयन गरेको छ । यसअघि तदर्थ समितिमा कानन संयोजक थिए । यस्तै उपाध्यक्षमा विजेन्द्रविक्रम शाह, रुद्रबहादुर न्यौपाने, तिलकबहादुर राउत क्षेत्री, गणेशबहादुर चन्द र अनिलकुमार मिश्र, महासचिवमा विपेन्द्र महर्जन, सचिवमा रामेश्वर श्रेष्ठ, सह–सचिव प्रदीपकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा अशोक

काठमाडौँ, १६ साउन । नेपाल भारोत्तोलन संघको चुनावी साधारणसभाले कानन चौधरीको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति बिहीबार निर्विरोध चयन गरेको छ । यसअघि तदर्थ समितिमा कानन संयोजक थिए ।

यस्तै उपाध्यक्षमा विजेन्द्रविक्रम शाह, रुद्रबहादुर न्यौपाने, तिलकबहादुर राउत क्षेत्री, गणेशबहादुर चन्द र अनिलकुमार मिश्र, महासचिवमा विपेन्द्र महर्जन, सचिवमा रामेश्वर श्रेष्ठ, सह–सचिव प्रदीपकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा अशोक शाही चुनिए । ईश्वरबहादुर श्रेष्ठ, शिवनारायण चौधरी, कुन्तिलाल यादव, ठक्करबहादुर बम, अजय शाही, श्यामराज भक्त उदास, अन्जुकुमारी रानाभाट, तुलाराम थारू, कमलबहादुर भण्डारी र शत्रुघ्न यादव सदस्यमा चयन भए ।

साधारणसभाको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos