टोखा, १६ साउन । टोखा प्याब्सनको आयोजनामा अन्तविद्यालय फुटसल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । पहिलो दिन लिग चरणका खेल भए । प्रतियोगिताअन्तर्गत टोखा–८ स्थित प्रिमियर फुटसल मैदानमा सिनियर ब्वाइजका खेल सञ्चालन भए भने गोंगबुस्थित काठमाडौँ ग्लोबल स्कुलमा जुनियर ब्वाइज र ओपन गल्र्सतर्फका प्रतिस्पर्धाहरू सम्पन्न भए । सिनियर ब्वाइजतर्फ १४ टिम, जुनियर ब्वाइजतर्फ १४ टिम
टोखा, १६ साउन । टोखा प्याब्सनको आयोजनामा अन्तविद्यालय फुटसल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । पहिलो दिन लिग चरणका खेल भए ।
प्रतियोगिताअन्तर्गत टोखा–८ स्थित प्रिमियर फुटसल मैदानमा सिनियर ब्वाइजका खेल सञ्चालन भए भने गोंगबुस्थित काठमाडौँ ग्लोबल स्कुलमा जुनियर ब्वाइज र ओपन गल्र्सतर्फका प्रतिस्पर्धाहरू सम्पन्न भए ।
सिनियर ब्वाइजतर्फ १४ टिम, जुनियर ब्वाइजतर्फ १४ टिम र ओपन गल्र्सतर्फ ८ टिमले सहभागिता जनाउँदै आ–आफ्ना प्रतिस्पर्धीसँग खेलेका थिए ।
प्रतियोगिताका संयोजक दीपेन्द्र थापाका अनुसार लिग चरणका खेलहरू समापन भएपछि नकआउट चरण र फाइनलको तालिका सार्वजनिक गरिने छ ।
प्रतियोगिताको टोखा–१० का वडा अध्यक्ष मचाकाजी महर्जन र प्याब्सन टोखा नगर समितिका अध्यक्ष अरुण केसीले संयुक्त रूपमा उद्घाटन गरे । उद्घाटन समारोहमा काठमाडौँ ग्लोबल स्कुलका विद्यार्थीले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *