काठमाडौँ, १५ साउन । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखककोसमेत नाम जोडिएको भिजिट भिसा प्रकरणलगायत भ्रष्टाचार मुद्दालाई लिएर सदनदेखि सडकसम्म आन्दोलन गर्ने भएको छ । रूपन्देहीको भैरहवामा बुधबार बसेको संसदीय दलको बैठकले बेथितिविरुद्ध आन्दोलन जारी राख्ने निर्णय गरेको हो । भ्रष्टाचारविरुद्धको आन्दोलन फराकिलो बनाउँदै सडक र सदन दुवैबाट आन्दोलन गर्ने निर्णय भएको
काठमाडौँ, १५ साउन । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखककोसमेत नाम जोडिएको भिजिट भिसा प्रकरणलगायत भ्रष्टाचार मुद्दालाई लिएर सदनदेखि सडकसम्म आन्दोलन गर्ने भएको छ । रूपन्देहीको भैरहवामा बुधबार बसेको संसदीय दलको बैठकले बेथितिविरुद्ध आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।
भ्रष्टाचारविरुद्धको आन्दोलन फराकिलो बनाउँदै सडक र सदन दुवैबाट आन्दोलन गर्ने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘भ्रष्टाचारजस्ता नेपाली जनताका मुद्दा हुन् । यसर्थ सदन र सबैतिर उठाउने निर्णय भएको छ’, उनले भने, ‘संसदीय समिति र सदनमा सशक्त भएर आवाज उठाउन सासंदहरूलाई संसदीय दलले निर्देशन गरेको छ ।’
सर्वोच्च अदालतले प्रवासी नेपालीहरूलाई मताधिकार दिने व्यवस्था गरेकाले त्यसको कार्यान्वयनका लागि सरकारसँग जोडदार माग गर्ने पनि बैठकले निर्णय गरेको प्रमुख सचेतक परियारले बताए ।
रास्वपाको बैठक भैरहवाको रमादा होटलमा बुधबार दिउँसो ४ घण्टा बैठक चलेको थियो । संसदीय दलको बैठकका लागि रास्वपाका सांसदहरू मंगलबार नै भैरहवा पुगेका थिए । सभापति रवि लामिछाने रूपन्देही सहकारी ठगी लगायतका मुद्दाको पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका छन् । यसैकारण रास्वपाले भैरहवामा बैठक गरेको हो । रास्वपाले पहिलोपटक काठमाडौँबाहिर संसदीय दलको बैठक गरेको हो ।
सभापति लामिछानेलाई पार्टीका कार्यवाहक सभापति डिपी अर्याल र सांसद सोविता गौतमले भेटेका थिए । अन्य नेतालाई भेट्न भनेको कारागार प्रशासनले रोकेको थियो ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *