728 x 90

नाउपाले रञ्जितालाई अध्यक्षबाट हटायो, विधानविपरीत कार्यवाहक अध्यक्ष तोकेको आरोप

नाउपाले रञ्जितालाई अध्यक्षबाट हटायो, विधानविपरीत कार्यवाहक अध्यक्ष तोकेको आरोप

काठमाडौँ, १५ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रञ्जिता श्रेष्ठ चौधरीलाई पार्टी अध्यक्ष पदबाट हटाएको छ । अध्यक्षले विधानविपरीत कार्यवाहक अध्यक्ष तोकेको भन्दै पार्टीले उनलाई हटाउने निर्णय गरेको हो । उक्त निर्णयको जानकारी नाउपाले निर्वाचन आयोगलाई गराएको छ । पार्टीको अनुशासन समितिका संयोजक रामलाल डगौराको नेतृत्वमा श्रेष्ठलाई २४ घन्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको थियो ।

काठमाडौँ, १५ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रञ्जिता श्रेष्ठ चौधरीलाई पार्टी अध्यक्ष पदबाट हटाएको छ । अध्यक्षले विधानविपरीत कार्यवाहक अध्यक्ष तोकेको भन्दै पार्टीले उनलाई हटाउने निर्णय गरेको हो ।

उक्त निर्णयको जानकारी नाउपाले निर्वाचन आयोगलाई गराएको छ । पार्टीको अनुशासन समितिका संयोजक रामलाल डगौराको नेतृत्वमा श्रेष्ठलाई २४ घन्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको थियो । तर, तोकिएको समयभित्र उनले कुनै प्रतिक्रिया नदिएपछि पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष पदबाट हटाउने निर्णय गरेको हो । उक्त निर्णयलाई बुधबार काठमाडौँमा सम्पन्न पार्टीको राष्ट्रिय भेलाले पारितसमेत गरेको छ ।

रञ्जितालाई पदबाट हटाएको जानकारी नाउपाले निर्वाचन आयोगमा समेत गराइसकेको छ । रञ्जिताले शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन् । तर रेशम पक्षको बहुमत सदस्यको भेलाले उनलाई नै अध्यक्षबाट हटाएको हो । श्रेष्ठले पोखराको चर्चित लिचीबारी घुसकाण्डमा मुछिएपछि पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको विषयमा पार्टीभित्रै असन्तुष्टि बढेको छ ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos