728 x 90

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि छानिए ५५४ विद्यार्थी

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि छानिए ५५४ विद्यार्थी

काठमाडौँ, १५ साउन । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाको दोस्रो चरणको मनोनयन सूची प्रकाशित गरेको छ । यस चरणमा विज्ञानमा ४१४ जना, व्यवस्थापनमा १०६, मानविकीमा १, शिक्षा संकायमा ३ र कानुनमा ३० गरी जम्मा ५५४ जना विद्यार्थी छनोट भएको कामपाले जानकारी दिएको छ । कामपा शिक्षा

काठमाडौँ, १५ साउन । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाको दोस्रो चरणको मनोनयन सूची प्रकाशित गरेको छ ।

यस चरणमा विज्ञानमा ४१४ जना, व्यवस्थापनमा १०६, मानविकीमा १, शिक्षा संकायमा ३ र कानुनमा ३० गरी जम्मा ५५४ जना विद्यार्थी छनोट भएको कामपाले जानकारी दिएको छ । कामपा शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञावालीका अनुसार पहिलो चरणको मनोनयन सूची ६ साउनमा प्रकाशित भई ९ साउनभित्र सम्बन्धित शिक्षण संस्थामा भर्ना प्रक्रिया सम्पन्न भएको थियो । मनोनयन रिक्त सिटहरूमा आवेदनको प्राथमिकताक्रम र कोटाका आधारमा दोस्रो मनोनयन सूची सार्वजनिक गरिएको हो ।

मनोनयन भएकाले यही १५ साउनभित्र सम्बन्धित शिक्षण संस्थामा भर्ना हुनुपर्ने छ । तोकिएको मितिभित्र भर्ना नभएमा छात्रवृत्तिमा दाबी गर्न नपाइने ज्ञवालीले जानकारी गराएका छन् । पहिलो र दोस्रो चरणमा मनोनयन हुन नसकेका तर परीक्षामा उत्तीर्ण विद्यार्थीका लागि १६ साउनपछि रिक्त सिटमा भर्नाको अवसर प्रदान गर्न विषय र कलेज प्राथमिकतासम्बन्धी सूचना प्रकाशित हुने विभागको भनाइ छ ।

मनोनयन सूची योग्यताक्रम र विद्यार्थीले आवेदनमा उल्लेख गरेको शिक्षण संस्थाको प्राथमिकताक्रमका आधारमा तयार गरिएको छ । छनोट भई पढ्नका लागि सामुदायिक विद्यालय, संस्थागत विद्यालय, काठमाडौँ महानगरका स्थायी बासिन्दा र ल्यान्डफिल साइट क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइएको छ । आरक्षण कोटामा छात्रा, आदिवासी र जनजाति, मधेसी, खस आर्य, दलित, मुस्लिम, थारू, अपांगता भएका, पिछडिएको क्षेत्रका व्यक्ति, सहिद र बेपत्ता द्वन्द्वपीडित परिवारका विद्यार्थी समावेश छन् ।

२०८२ साउन ३ मा ५४ परीक्षा केन्द्रहरूमा सञ्चालित प्रवेश परीक्षामा १४ हजार १७३ विद्यार्थी सहभागी भएका थिए । कक्षा १० को पाठ्यक्रममा आधारित उक्त परीक्षामा गणित, विज्ञान र अंग्रेजीबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्न समावेश थिए । प्रारम्भिक नतिजा ४ साउनमा र पुनर्योगको नतिजा ६ साउनमा प्रकाशित भएको थियो ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos