728 x 90

एन्फाले सिस्नेरीमा ज्यान गुमाएका बाल खेलाडीको स्मृतिमा विद्यालयस्तरीय प्रतियोगिता गर्ने

एन्फाले सिस्नेरीमा ज्यान गुमाएका बाल खेलाडीको स्मृतिमा विद्यालयस्तरीय प्रतियोगिता गर्ने

काठमाडौँ, १४ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको सिस्नेरीमा ज्यान गुमाएका बाल खेलाडीहरूको स्मृतिमा विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ । स्वर्गीय खेलाडी अनुपम घलान, आदित्य बलम्पाखी, विकल रेग्मी, दिवस बानियाँ, प्रियान्स आचार्य र साइमन योञ्जनको स्मृतिमा यू–१४ छात्रा/छात्र अन्तरविद्यालय फुटबल प्रतियोगिता आयोजना गरिने एन्फाले जनाएको छ । यसका लागि एन्फाले आफ्ना

काठमाडौँ, १४ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको सिस्नेरीमा ज्यान गुमाएका बाल खेलाडीहरूको स्मृतिमा विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ ।

स्वर्गीय खेलाडी अनुपम घलान, आदित्य बलम्पाखी, विकल रेग्मी, दिवस बानियाँ, प्रियान्स आचार्य र साइमन योञ्जनको स्मृतिमा यू–१४ छात्रा/छात्र अन्तरविद्यालय फुटबल प्रतियोगिता आयोजना गरिने एन्फाले जनाएको छ ।

यसका लागि एन्फाले आफ्ना जिल्ला र प्रदेश संघलाई प्रतियोगिता गर्नका लागि पत्र काटेको छ । जिल्लास्तरीय प्रतियोगिता आगामी भदौ १ गते देखि असोज २१ तथा प्रदेशस्तरीय कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म हुने एन्फाले जनाएको छ ।

यस्तै केन्द्रीयस्तरिय एन्फा यू–१४ छात्रा/छात्र अन्तरविद्यालय फुटबल प्रतियोगिता आगामी मंसिर १५ पुस २ गतेसम्म काठमाडौँमा हुने एन्फाले जनाएको छ ।

बाल खेलाडीहरूले गत वर्षको असोज ११ र १२ गते देशभर भएको अविरल वर्षाका कारण एन्फाले सिस्नेरीमा सञ्चालन गरेको एकेडमीबाट सुरक्षित स्थानमा सर्नेक्रममा पहिरोमा परि ज्यान गुमाएका थिए ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos