728 x 90

जुडिबेला खानेपानी आयोजना : १० वर्षमा आधामात्र काम, स्थानीय आर्सनिकयुक्त पानी प्रयोग गर्न बाध्य

जुडिबेला खानेपानी आयोजना : १० वर्षमा आधामात्र काम, स्थानीय आर्सनिकयुक्त पानी प्रयोग गर्न बाध्य

रौतहट, १२ साउन । निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेला खानेपानी आयोजना सम्पन्न नहुँदा स्थानीयवासी आर्सनिकयुक्त पानी प्रयोग गर्न बाध्य छन् । जुडिबेलाका २ हजार ५०० घरका करिब १० हजार नागरिकलाई सो आयोजनाले शुद्ध पानी उपलब्ध गराउने जनाइएको छ । चन्द्रपुर नगरपालिकाका अन्य ९ वटै वडामा खानेपानी आयोजना सञ्चालनमा आएको भएता

रौतहट, १२ साउन । निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेला खानेपानी आयोजना सम्पन्न नहुँदा स्थानीयवासी आर्सनिकयुक्त पानी प्रयोग गर्न बाध्य छन् । जुडिबेलाका २ हजार ५०० घरका करिब १० हजार नागरिकलाई सो आयोजनाले शुद्ध पानी उपलब्ध गराउने जनाइएको छ ।

चन्द्रपुर नगरपालिकाका अन्य ९ वटै वडामा खानेपानी आयोजना सञ्चालनमा आएको भएता पनि वाड नं २ जुडिबेलामा अहिलेसम्म शुद्ध खानेपानीको पहुँच पुगेको छैन । २०७२ बाट निर्माण सुरु भएको उक्त आयोजनाको अहिलेसम्म ५५ प्रतिशतमात्र भौतिक प्रगति भएको सर्लाहीस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्यांकमा उल्लेख छ । आयोजना सुरु भएको १० वर्ष बित्दा पनि सम्पन्न हुन नसक्दा स्थानीय समस्यामा परेका जुडिबेला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भोला थपलियाले बताए ।

‘यस क्षेत्रका नागरिकले ३० देखि ५० फिटमुनिको आर्सनिकयुक्त पानी पिइरहेका छन्,’ उनले भने, ‘संघीयतामा कार्यान्वयनमा पहिलादेखि नै यो आयोजना सुरु भएको हो, सङ्घीयतामा गएपछि यो आयोजना न संघीय सरकारको ध्यानमा गयो न त प्रदेशको प्राथामिकतामा नै पर्यो ।’ जुडिबेलावासीलाई शुद्ध पानी खुवाउनका लागि विभिन्न निकायमा धाइरहेको पनि उनले दुःखेसो गरेका छन् । करिब २०० घरलाई सिधै मोटरबाट ट्यांकीमा जम्मा नगरिकन पानी पठाइरहेको उनले जानकारी दिए ।

यस वडाको घरघरमा धारा पुर्याउनका लागी अझै करिब ३५ किलोमिटर मेनलाइन पाइपको आवश्यकता रहेको सोही समितिका सदस्य टेकनाथ खरेलले जानकारी दिए । फूलबारीबाट वनटोल र रैयाटोलसम्मका नागरिकको घरघरमा पानी पुर्याउनका लागि मेनलाइनको पाइप अत्यवश्यक रहेको उनले बताए ।

यो आयोजनाबाट मात्र यहाँका नागरिकलाई खानेपानी नपुग्ने हुँदा फेरि अर्को खानेपानीको योजना निर्माण गर्नुपर्ने आवश्यकता रहेको खरेलले सुझाव दिएका छन् । यस वडामा जनगणना २०७८ अनुसार ९ हजार ९८२ जनसंख्या रहेको छ । उक्त जनगणनाअनुसार २ हजार ४८ घरपरिवार जनाएको भएता पनि हालसम्म सो वडामा २ हजार ५०० भन्दा बढी घर रहेको वडाध्यक्ष दुत्तबहादुर थिङले जानकारी दिए ।

आर्थिक वर्ष २०८०/८१ सम्म उक्त आयोजनाको ५५ प्रतिशत काम सम्पन्न भइसकेको सो आयोजना हेर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर विवेक झाले जानकारी दिए । अहिलेसम्म जुडिबेला खानेपानी आयोजनामा चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण सम्पन्न भएको भएता पनि ट्यांकी निर्माण गर्ने ठेकेदारको ५४ लाख रुपैयाँ भुक्तानी हुन नसकेको इन्जिनियर झाले बताए ।

आयोजनाअन्तर्गत डिपबोरिङ जडान, कार्यालय भवन निमार्ण, विद्युतीकरण, पम्पहाउस निर्माण तथा करिब २७ किलोमिटर मेनलाइनको पाइप गाडिसकिएको उनले जानकारी दिए । उनका अनुसार बजेट अभावका कारण मेनलाइनको पाइप खरिद गर्न नसक्दा काम ठप्प भएको छ । उनले भने, ‘बजेट माग गरिए पनि आउने नआउने ठेगान छैन । बजेट समयमा नै आउने हो भने काम सम्पन्न गर्न सकिन्छ ।’ यस आयोजना सम्पन्न गर्नका लागि अझै अनुमानित २ करोड रुपैयाँ बजेट लाग्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले मधेस प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई गत भदौ १४ गते पठाएको पत्रमा उल्लेख गरेको छ ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos