काठमाडौँ, १२ साउन । क्याप्टेन रामेश्वर थापाको बायोपिक फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । काभ्रेपलाञ्चोकको बेथानचोकस्थित ढुंखर्कबाट छायांकन सुरु भएको हो । दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म काठमाडौं, चितवन, काभ्रे र वीरगञ्जमा खिचिनेछ । पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य
काठमाडौँ, १२ साउन । क्याप्टेन रामेश्वर थापाको बायोपिक फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । काभ्रेपलाञ्चोकको बेथानचोकस्थित ढुंखर्कबाट छायांकन सुरु भएको हो ।
दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म काठमाडौं, चितवन, काभ्रे र वीरगञ्जमा खिचिनेछ । पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् ।
फिल्ममा निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *