काठमाडौँ, १२ साउन । आगामी भदौ २० गतेदेखि प्रदर्शन हुने फिल्म ‘चिट्ठी’को पोस्टर सार्वजनिक भएको छ । फिल्ममा माधवराज खरेलको निर्देशन छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको र कुवेर डिष्टिव्युटर्स प्रालि वितरक रहेको कमेडी तथा हरर जनराको फिल्मको पोस्टर स्थिर र मोसन गरी दुई किसिमको बनाइएको छ । सार्वजनिक मोसन पोस्टरमा फिल्मको रहस्य, डर
काठमाडौँ, १२ साउन । आगामी भदौ २० गतेदेखि प्रदर्शन हुने फिल्म ‘चिट्ठी’को पोस्टर सार्वजनिक भएको छ । फिल्ममा माधवराज खरेलको निर्देशन छ ।
एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको र कुवेर डिष्टिव्युटर्स प्रालि वितरक रहेको कमेडी तथा हरर जनराको फिल्मको पोस्टर स्थिर र मोसन गरी दुई किसिमको बनाइएको छ ।
सार्वजनिक मोसन पोस्टरमा फिल्मको रहस्य, डर र हाँस्यको फ्युजन स्पष्ट झल्किन्छ । डार्करंग संयोजन, रहस्यमय अभिव्यक्ति र पात्रहरूको सशक्त उपस्थिति देखिएको पोस्टरले दर्शकमाझ उत्सुकता थप बढाउने अपेक्षा गरिएको खरेलको भनाइ छ ।
निर्देशक खरेलले फिल्म यथार्थपरक हाँस्य, सामाजिक व्यङ्ग्य र सस्पेन्सपूर्ण घटनाक्रमको संगम रुपमा चित्रण गरिएको बताए । ‘फिल्मले आजको डिजिटल समाज, सामाजिक सम्बन्धहरू र सूचनाको दुरुपयोग जस्ता मुद्दाहरूलाई रोचक तरिकाले उठान गरेको छ’, उनले भने, ‘हामीले दर्शकलाई हसाउँदै सोच्न बाध्य पार्ने कथा ल्याएका छौँ ।’
फिल्ममा खड्गबहादुर पुन मगर ‘खबपु’, सन्जीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रवण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कवीन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की, रज्जु गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।
सञ्चारकर्मी कमला जोशी निर्माता रहेको फिल्ममा जीवन पराजुली र राजन खरेलको छायांकन, राजेश कुमारको सम्पादन, समिर मिँयाको भिएफ्एक्स, डा. कृष्णहरि बराल र कमला जोशीको गीत, सरोज कोइरालाको संगीत, शिव परियार, बिनिषा पौडेल र वसन्त अर्यालको स्वर, किरण दाहालको द्वन्द्व छ ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *