728 x 90

गण्डकीमा ६०० भन्दी बढीमा डेंगी संक्रमण

गण्डकीमा ६०० भन्दी बढीमा डेंगी संक्रमण

गण्डकी, १२ साउन । गण्डकी प्रदेशमा गत पुसयता ६०९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । वर्षायाम सुरु भएपछि डेंगी संक्रमण बढ्दै गएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत जेठमा १६९ जनामा डेंगी देखिएकोमा असारलाई लागेपछि हालसम्म १८५ जनामा उक्त रोगको संक्रमण पुष्टि भएको हो । प्रदेशमा सबैभन्दा बढी कास्कीमा ३०७, तनहुँमा १०१, लमजुङ

गण्डकी, १२ साउन । गण्डकी प्रदेशमा गत पुसयता ६०९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । वर्षायाम सुरु भएपछि डेंगी संक्रमण बढ्दै गएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत जेठमा १६९ जनामा डेंगी देखिएकोमा असारलाई लागेपछि हालसम्म १८५ जनामा उक्त रोगको संक्रमण पुष्टि भएको हो । प्रदेशमा सबैभन्दा बढी कास्कीमा ३०७, तनहुँमा १०१, लमजुङ ७७, गोरखा ४६, स्याङ्जा २८, बागलुङ १९, पर्वत १७, म्याग्दी १० र नवलपुरमा ४ जनामा डेंगी संक्रक्रण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म मुस्ताङ र मनाङमा भने डेंगीका बिरामी नेभिटएका छैनन् । कास्कीमा संक्रमण पुष्टि भएका ३०७ मध्ये १०३ जना पोखरा महानगरपालिकाका रहेका छन् । प्रदेशभरमा हालसम्म पुष्टि भएका डेंगीका बिरामीमध्ये झण्डै आधा पोखरा महानगरमा भेटिएका हुन् ।

साउनदेखि कात्तिकसम्म डेंगी संक्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा संक्रमणको दर बढ्दै जाने जनाइएको छ । प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले डेंगी संक्रमणको न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि मन्त्रालय मातहतका सबै निकाय तयारी अवस्थामा राखिएको बताए । गत वर्ष प्रदेश राजनधानी पोखरा डंगीको ‘हटस्पट’ बनेकाले यस वर्ष सङ्क्रमण बढ्न नदिन उच्च सतकर्ता अपनाइएको उनको भनाइ छ ।

पोखरा महानगरसहित प्रदेशका स्थानीय तहहरूले समुदायस्तरमा डेंगी फैलनबाट रोक्न डेंगी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेका छन् । उक्त लामखुट्टेको टोकाइबाट बच्न सचेतना जगाउने र अभिमुखीकरण गर्ने काम भइरहेको छ । गत वर्ष पोखरा महानगरपालिकामा मात्र ८ हजार ६०० जनाभन्दा बढीमा डेंगी संक्रमण भएको थियो । डेंगी सङ्क्रमणबाट पोखराका ३ जनाको मृत्यु भएको थियो ।गत वर्षको भदौ पहिलो हप्तादेखि असोज पहिलो हप्तासम्ममा पोखरामा छ गुणाले डेंगी संक्रमण बढेको थियो । लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि सुरु गर्दै आए पनि डेंगी रोकथाम चुनौतीपूर्ण बन्दै गएको स्वास्थ्यकर्मीहरू बताउँछन् । हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेंगी रोकथाम र नियन्त्रण गर्न कठिन हुने उनीहरूको भनाइ छ ।

डेंगी फैलाउने लामखुट्टको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडालगायत स्थानमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने धवलागिरि प्रादेशिक अस्पतालका प्रमुख चिकित्सक किरण तिवारीले बताए ।

डेंगी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको उनको भनाइ छ । ‘सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो,’ उनले भने ।

संत्रलमितले तुरुन्त परीक्षण गरी र आवश्यकताअनुसार उपचार सुरु गर्नुपर्ने चिकित्सक तिवारीको भनाइ छ । डेंगीको संक्रमणपछि एक्कासि उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखापर्ने प्रमुख उनले बताए । संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले डेंगीलाई सामान्य रूपमा लिन नहुने उनको भनाइ छ । लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी नियन्त्रणको उत्तम उपाय भएको उनले बताए ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos