काठमाडौँ, १० साउन । गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको ७६ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट लामो समयदेखि ग्रसित रहेका उनको साउन १० गते शनिबार बिहान निधन भएको हो । नेपाली कांग्रेस चितवनका अध्यक्ष राजेशवर खनालले पूर्वप्रमुख गुरुङको उनकै निवास भरतपुरको दिब्यनगरमा निधन भएको जानकारी दिए । तत्कालीन कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङघलेलमा २००६
काठमाडौँ, १० साउन । गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको ७६ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट लामो समयदेखि ग्रसित रहेका उनको साउन १० गते शनिबार बिहान निधन भएको हो ।
नेपाली कांग्रेस चितवनका अध्यक्ष राजेशवर खनालले पूर्वप्रमुख गुरुङको उनकै निवास भरतपुरको दिब्यनगरमा निधन भएको जानकारी दिए ।
तत्कालीन कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङघलेलमा २००६ सालमा जन्मिएका गुरुङलाई २०७८ साउन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखमा नियुक्ति गरेकी थिइन् ।
उनी कांग्रेस विभाजन रहँदा कांग्रेस प्रजातान्त्रिकको सभापति, सुकुम्वासी समस्या आयोग नवल परासीको अध्यक्ष थिए ।
गुरुङ २०१८ सालमा चितवन आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका हरिप्रसाद गुरुङका भान्जा हुन् ।
गुरुङका छोरा हाल क्यानडा भएका कारण उनी फर्किएपछि अन्तिम संस्कार गरिने बताइएको छ । छोरा ११ गते बिहान नेपाल आइपुग्ने र त्यसपछि दिउँसो देवघाटमा दाहसस्कार गर्ने कार्यक्रम रहेको कांग्रेस नेता दलबहादुर गुरुङले जानकारी दिए ।।गुरुङका श्रीमती र एक छोरा छन्र ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *