728 x 90

सेपाकताक्रोमा नेपाललाई २ पदक

सेपाकताक्रोमा नेपाललाई २ पदक

काठमाडौँ, ९ साउन । नेपालले ३८औँ आइएसटीएफ सेपाकताक्रो विश्व च्याम्पियनसिपमा साउन ८ गते एक स्वर्ण र एक रजत पदक जितेको छ । नेपालले मिक्स क्वाडमा स्वर्ण र पुरुष रेगुमा रजत जितेको नेपाल सेपाकताक्रो सङ्घका अध्यक्ष नेत्रप्रसाद गुरुङले जानकारी दिए । मिक्स क्वाडमा रोशन तामाङ (कप्तान), सुमित्रा डङ्गोल, निरु थापामगर, पदम ठाडामगर र राजन नेपालीले प्रतिस्पर्धा

काठमाडौँ, ९ साउन । नेपालले ३८औँ आइएसटीएफ सेपाकताक्रो विश्व च्याम्पियनसिपमा साउन ८ गते एक स्वर्ण र एक रजत पदक जितेको छ ।

नेपालले मिक्स क्वाडमा स्वर्ण र पुरुष रेगुमा रजत जितेको नेपाल सेपाकताक्रो सङ्घका अध्यक्ष नेत्रप्रसाद गुरुङले जानकारी दिए ।

मिक्स क्वाडमा रोशन तामाङ (कप्तान), सुमित्रा डङ्गोल, निरु थापामगर, पदम ठाडामगर र राजन नेपालीले प्रतिस्पर्धा गरेका थिए । चाइनिज ताइपेई दोस्रो र बङ्गलादेश तेस्रो भयो ।

थाइल्यान्डमा भइरहेको प्रतियोगिताको रेगुमा रोशन, पदम र राजनसहित सुजन थिङ र सनम पुर्जा मगरले खेलेका थिए । । चाइनिज ताइपेईले स्वर्ण जित्यो ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos