काठमाडौँ, ९ साउन । इरानको जेलमा रहेका ५ नेपाली परराष्ट्र मन्त्रालयलको पहलमा नागरिक थुनामुक्त भइ स्वेदश फर्किएका छन् । उनीहरूलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तरराष्ट्रिय आप्रवासन संगठनको सहयोगमा बिहीबार काठमाडौँ ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार प्रेस विज्ञप्तिमार्फत् यस प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्नुहुने
काठमाडौँ, ९ साउन । इरानको जेलमा रहेका ५ नेपाली परराष्ट्र मन्त्रालयलको पहलमा नागरिक थुनामुक्त भइ स्वेदश फर्किएका छन् । उनीहरूलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तरराष्ट्रिय आप्रवासन संगठनको सहयोगमा बिहीबार काठमाडौँ ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बिहीबार प्रेस विज्ञप्तिमार्फत् यस प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्नुहुने भारत सरकार, इरान सरकारका सम्बन्धित निकाय तथा अधिकारीहरु, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनप्रति धन्यवाद ज्ञापन गरेको छ ।
इजरायल र इरानबीच गत जुन १३ देखि सुरु भएको द्वन्द्व जुन २३ का दिन दुवै पक्षबीच युद्धविराम भए पश्चात शान्ति सुरक्षाको स्थिति क्रमशः सहज हुँदै गएकाले जनजीवन सामान्यतर्फ उन्मुख छ । उक्त अवधिभित्र दुवै मुलुकमा रहेका नेपालीहरुको हकहित र सुरक्षालाई मध्यनजर गर्दै मन्त्रालयले यात्रासम्बन्धी सुझाव र सूचना जारी गरेको थियो । साथै आवश्यक परेको बखत आपतकालीन उद्धारका लागि विवरण सङ्कलन गरिएको थियो ।
द्वन्द्वको अवधिमै नेपाल सरकार गरेको अनुरोधलाई सम्मान गर्दै ‘अपरेसन सिन्धु’अन्तर्गत भारत सरकारले नेपाली नागरिकको उद्धार गरेको हो । ‘भारतीय नागरिकहरूलाई उद्धार गर्न गएको भारतीय विमान सेवाको उडानबाट विभिन्न मितिमा ३ चरणमा ९ जना नेपाली नागरिकलाई उद्धार गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरूलाई सबै भारत हुँदै स्थलमार्गबाट सकुशल आआफ्नो घर फिर्ता भइसकेको विज्ञप्तिमा उल्लेख छ ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *