काठमाडौँ, ६ साउन । नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी आचारसंहिता जारी गरिएको छ । अनलाइन टिभी पत्रकार संघले ‘अनलाइन टिभी एआई आचारसंहिता २०८२’ जारी गरेको हो । काठमाडौँमा साउन ५ गते आयोजित कार्यक्रममा संघका अध्यक्ष जीवन भण्डारीले १२ बुँदे आचारसंहिता घोषणा गरेका हुन् । एआईको दुरुपयोग न्यूनीकरण गर्ने र एआईको प्रयोगलाई सही बाटोतर्फ लैजानका
काठमाडौँ, ६ साउन । नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी आचारसंहिता जारी गरिएको छ । अनलाइन टिभी पत्रकार संघले ‘अनलाइन टिभी एआई आचारसंहिता २०८२’ जारी गरेको हो । काठमाडौँमा साउन ५ गते आयोजित कार्यक्रममा संघका अध्यक्ष जीवन भण्डारीले १२ बुँदे आचारसंहिता घोषणा गरेका हुन् ।
एआईको दुरुपयोग न्यूनीकरण गर्ने र एआईको प्रयोगलाई सही बाटोतर्फ लैजानका लागि आचारसंहिताको आवश्यकता भएकाले एआई आचारसंहिता जारी गरिएको भण्डारीले बताए । ‘एआईको प्रयोग अनलाइन टिभीहरूमा बढ्ने सम्भावना अत्यधिक देखिएकाले अनलाइन टिभीकर्मीहरूलाई बेलैमा सचेत र जिम्मेवार बनाउन अनलाइन टिभी एआई आचारसंहिताको आवश्यकता महसुस गरिएको हो,’ उनले भने ।
सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था क्यान महासंघका बरिष्ठ उपाध्यक्ष चिरन्जीवी अधिकारीले पनि अनलाइन टिभी एआई आचारसंहिता नै नेपालको पहिलो एआई आचारसंहिता भएको जानकारी दिए । उनले अरु कुनै पनि संस्था वा निकायले एआईसम्बन्धी आचारसंहिता जारी गरेको महासंघलाई अहिलेसम्म जानकारी नरहेको स्पष्ट पारे ।
अनलाइन टिभी पत्रकार संघले एआई आचारसंहिता जारी गरेर अनुकरणीय बाटो देखाएको उल्लेख गर्दै उनले भने, ‘यस्तै अभ्यास सबै क्षेत्रका अत्यावश्यक भइसकेको छ ।’
संघले जारी गरेको आचारसंहितामा प्रस्तावित राष्ट्रिय एआई नीति २०८१ का मर्म र उद्धेश्यलाई समेत मध्यनजर गर्दै एआई आचारसंहिता जारी गरिएको उल्लेख छ ।
एआईको सहयोगमा बनाइएका सम्पूर्ण सामग्रीको अन्तिम परीक्षण, सम्पादन तथा अनुमोदन मानव जनशक्ति अर्थात सम्पादकबाट नै गरिने र त्यसपछि मात्रै प्रकाशित गरिने आचारसंहिताको पहिलो बुँदामा लेखिएको छ ।
त्यसैगरी एआईद्वारा सिर्जित सामग्रीको जिम्मेवारी सम्बन्धित व्यक्ति, सम्पादक र संस्थाले लिने र एआईको प्रयोग भएको सामग्रीमा यसको स्पष्ट जानकारी दिइने पनि आचारसंहितामा उल्लेख गरिएको छ ।
व्यक्तिगत गोपनीयता, चरित्र, अश्लील, संवेदनशील, निजी वा सुरक्षासम्बन्धी सूचना प्रवाह गर्दा प्रचलित कानुनको पालनामा विशेष सावधानी अपनाइने र भ्रम सिर्जना गर्ने, पक्षपातपूर्ण वा झुटा जानकारी प्रवाह गर्नेगरी एआईको प्रयोग नगरिने प्रतिबद्धता अनलाइन टिभी पत्रकार संघले गरेको छ ।
अनलाइन टिभी पत्रकार संघमा आबद्ध सबै अनलाइन टिभी पत्रकारले यो आचारसंहिता अनिवार्य पालना गर्नु पर्ने र त्यसको अनुगमन संघले आफ्नो तरिकाले गरिरहनेलगायतका विषय आचारसंहितामा लेखिएको संघका वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मीले जानकारी दिए ।
आचारसंहिता यस संघका सबै सदस्यका लागि बाध्यकारी र अन्य एआई प्रयोगकर्ताका लागि अनुकरणीय हुने संघका महासचिव पवन फुयालको भनाइ छ ।
इन्टरनेटमा भिडियो पत्रकारिता गर्दै आइरहेका सञ्चारकर्मीहरूको पहिलो र साझा संस्थाको रुपमा रहेको अनलाइन टिभी पत्रकार संघले यसअघि २०७७ सालमै अनलाइन टिभी स्वनियमन निर्देशिका पनि जारी गरेको थियो ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *