728 x 90

भुटानमाथि नेपालको फराकिलो जित, उपाधिका लागि बङ्गलादेशसँग निर्णायक खेल खेल्दै

भुटानमाथि नेपालको फराकिलो जित, उपाधिका लागि बङ्गलादेशसँग निर्णायक खेल खेल्दै

काठमाडौँ, ४ साउन । बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानमाथि अर्को फराकिलो जित निकालेको छ । ढाकास्थित बसुन्धरा किङ्ग्स एरिनामा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८–० गोलले हरायो । एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा २ गोल गरेको थियो । नेपालको जितमा प्रर्णिमा राई र मीना देउवाले ह्याट्रिक पूरा

काठमाडौँ, ४ साउन । बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानमाथि अर्को फराकिलो जित निकालेको छ ।

ढाकास्थित बसुन्धरा किङ्ग्स एरिनामा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८–० गोलले हरायो । एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा २ गोल गरेको थियो ।

नेपालको जितमा प्रर्णिमा राई र मीना देउवाले ह्याट्रिक पूरा गरे । यस्तै समीक्षा घिमिरे र कुसुम खतिवडाले १-१ गोल थपे । यसअघिको खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो ।

यस्तै ४ टोली सहभागी च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलले हराएको थियो । नेपाल जारी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा भने घरेलु टोली बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।

यस च्याम्पियनसिपको ५ खेलमा चौथो जित निकालेको नेपालले १२ अङ्क बनाएको छ । उपाधि जित्न अब नेपालले घरेलु टोली बङ्गलादेशविरुद्ध सोमबार हुने अन्तिम खेल जित्नुपर्ने छ ।

च्याम्पियनसिपमा सहभागी ४ टोलीले एकआपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos