728 x 90

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा, ४ साउन । गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । उक्त नगरपालिका–१३ देउराली र पालुङटार नगरपालिका–८, रातमाटे जोड्ने सडकखण्डमध्ये जैकोटदेखि घोरथुम्कासम्म सडक कालोपत्र सम्पन्न छ । गोरखा १३ की वडाध्यक्ष मित्रा परियारले साना सहरी विकास कार्यालय कास्कीबाट विनियोजित बजेटमार्फत यहाँ चार सय मिटर सडक कालोपत्रको काम करिब

गोरखा, ४ साउन । गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । उक्त नगरपालिका–१३ देउराली र पालुङटार नगरपालिका–८, रातमाटे जोड्ने सडकखण्डमध्ये जैकोटदेखि घोरथुम्कासम्म सडक कालोपत्र सम्पन्न छ ।

गोरखा १३ की वडाध्यक्ष मित्रा परियारले साना सहरी विकास कार्यालय कास्कीबाट विनियोजित बजेटमार्फत यहाँ चार सय मिटर सडक कालोपत्रको काम करिब सम्पन्न भएको बताइन् । उनले भनिन्, ‘‘वडा नं १३ मा पहिलो पटक वडाभित्र सडक कालोपत्र देख्न पाइएको छ । विसं २०४९ मा ट्र्याक खुलेको यस सडकको स्तरोन्नति भएको देख्न ३३ वर्ष कुर्नुपर्यो ।”

ठेकेदार कम्पनी चिराग कन्ट्रक्सनका सञ्चालक लक्ष्मण श्रेष्ठले चार सय मिटर सडक कालोपत्र, ७५ मिटर ढलान र पाँच सय मिटर नाला निर्माणको काम सम्पन्न भएको बताउनभयो । उक्त सडक खण्ड निर्माणका लागि ठेकेदार कम्पनीले रु ६६ लाख ३५ हजार नौ सय ३९ मा ठेक्का सम्झौता गरेको थियो ।

पृथ्वी राजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरनी सडकखण्डसँग जोडिए पनि लामो समयसम्म स्तरोन्नति नहुँदा त्यस क्षेत्रका बासिन्दले आवातजातवमा कठिनाइ भाग्दै आएका छन् । यो सडकखण्ड मझुवा चौकी, दराई गाउँ, जैकोट, सातदोबाटे, बैटारी हुँदै पालुङटार नगरपालिकासँग जोड्ने प्रमुख सडक हो ।

स्थानीयवासी विक्रम मल्लले कालोपत्रको काम अघि बढेसँगै सडकले विस्तारै मुहार फेर्दै गएको र यसले स्थानीय उत्साहित भएका बताउनुभयो । “अब गाउँमा उत्पादित कृषि उत्पादनलाई बजारसम्म पुर्याउन पनि सहज हुनेछ । गाउँमा दैनिक उपभोग्य ल्याउन पनि राहत मिल्नेछ । यो हाम्रो वर्षौदेखिको सपना हो, जो पू्रा हुँदैछ”, उनले भनिन् ।

सोही सडकखण्डअन्तर्गत मझुवाचौकीदेखि दराई गाउँसम्म रु एक करोड बजेटबाट काम भइरहेको छ भने दराई गाउँदेखि जैकोटसम्म पनि रु चार करोड बजेट विनियोजन भएर काम अघि बढिरहेको नगरपालिकाले जनाएको छ ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos