काठमाडौँ, ३ साउन । बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलङ्कामाथि अर्को फराकिलो जित निकालेको छ । ढाकामा साउन २ गते भएको खेलमा नेपालले श्रीलङ्कालाई फेरि ७–० गोलले हरायो । एकपक्षीय खेलमा नेपाललाई जिताउन कुसुम खतिवडा र समीक्षा मगरले २ २ गोल गरे । पूर्णिमा राई, सरिता नाथ र कप्तान विर्सना चौधरीले ११
काठमाडौँ, ३ साउन । बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलङ्कामाथि अर्को फराकिलो जित निकालेको छ ।
ढाकामा साउन २ गते भएको खेलमा नेपालले श्रीलङ्कालाई फेरि ७–० गोलले हरायो । एकपक्षीय खेलमा नेपाललाई जिताउन कुसुम खतिवडा र समीक्षा मगरले २ २ गोल गरे । पूर्णिमा राई, सरिता नाथ र कप्तान विर्सना चौधरीले ११ गोल थपे ।
यसअघिको खेलमा पनि नेपालले श्रीलङ्कालाई ७–० गोलले नै हराएको थियो । ४ टोली सहभागी च्याम्पियनसिपमा ४ खेलपछि ३ जित निकालेको नेपालले ९ अङ्क बनाएको छ ।
नेपाल गोल अन्तरका आधारमा हाल शीर्षस्थानमा छ । यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराएको थियो । नेपाल दोस्रो खेलमा घरेलु टोली बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।
च्याम्पियनसिपमा सहभागी ४ टोलीले एकआपसमा २ पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *