728 x 90

नियोनियाको घरेलु उपचार विधि यस्तो

नियोनियाको घरेलु उपचार विधि यस्तो

ब्याक्टेरिया, भाइरस र फंगलका कारण फोक्सोमा हुने समस्या निमोनिया हो । संक्रमणका कारण फोक्सोको वायुथैलीमा तरल पदार्थ भरिएर सुन्निने भएकाले श्वासप्रश्वासमा समस्या देखिन्छ । निमोनिया हुँदा खोकी, ज्वरो, छातीको दुखाइ, थकान, श्वासप्रश्वासमा समस्याजस्ता जटिलता देखा पर्छन् । कोरोना भाइरस (कोभिड १९)ले समेत फोक्सोमा संक्रमण गराएर श्वासप्रस्वासमा समस्या ल्याउने हुँदा सिभिएर (गम्भीर) खालको निमोनियाको समस्या हुने

ब्याक्टेरिया, भाइरस र फंगलका कारण फोक्सोमा हुने समस्या निमोनिया हो । संक्रमणका कारण फोक्सोको वायुथैलीमा तरल पदार्थ भरिएर सुन्निने भएकाले श्वासप्रश्वासमा समस्या देखिन्छ । निमोनिया हुँदा खोकी, ज्वरो, छातीको दुखाइ, थकान, श्वासप्रश्वासमा समस्याजस्ता जटिलता देखा पर्छन् । कोरोना भाइरस (कोभिड १९)ले समेत फोक्सोमा संक्रमण गराएर श्वासप्रस्वासमा समस्या ल्याउने हुँदा सिभिएर (गम्भीर) खालको निमोनियाको समस्या हुने गर्छ । निमोनियाको उपचारका लागि एन्टीबायोटिक आवश्यक हुन्छ, तर सामान्य खालको निमोनियाका लक्षण कम गर्न घरेलु उपचार नै प्रभावकारी मानिन्छ ।

-घाँटी दुख्ने र खोकी लाग्ने जस्ता लक्षणका लागि नुनपानीको सेवन प्रभावकारी मानिन्छ । एक गिलास तातोपानीमा एक चम्चा नुन राखेर प्रत्येक तीन घण्टामा पिउनुपर्छ ।

-पुदिना, अदुवा, जिरा, दालचिनीको बोक्रा, ल्वाङजस्ता भान्सामा उपलब्ध हुने हर्बलमा औषधीय गुण पाइन्छन् । यस्ता हर्बलमा एन्टीब्याक्टेरियल गुणसमेत हुने भएकाले निमोनियाका कारण हुने श्वासप्रश्वासको समस्याका लागि फाइदाजनक हुने गर्छ । यी सबै हर्बल मिसाएर बनाएको धुलो पानीमा मिसाएर दैनिक सेवन गर्दा निमोनिया कम गर्न सकिन्छ ।

-घाँटीमा हुने सुजन र इरेक्सनका लागि हर्बल चिया पनि फाइदाजनक हुन्छ । सुख्खाखोकीकोे घरेलु उपचारका लागिसमेत हर्बल चियाको प्रयोग गर्न सकिन्छ ।

-महमा एन्टीमाइक्रोबियल, एन्टीब्याक्टेरियल र एन्टीइन्फ्लामेटरी तत्व पाइने भएकाले यसले निमोनियाका लक्षण कम गर्न मद्दत गर्छ । निमोनियाका लक्षण देखिएका बिरामीलाई सुत्नुभन्दाअघि प्रत्येक दिन एकचम्मा मह खुवाउन सकिन्छ ।

-भिटामिन सीमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ । जसले प्रतिरोधी क्षमता बढाउने भएकाले विभिन्न भाइरल इन्फेक्सनबाट बच्न सकिन्छ । सामान्यतया निमोनियालाई जटिल हुन नदिन भान्सामै पाइने हर्बलहरुको प्रयोग गर्न सकिन्छ । स्वस्थ खानपानमा ध्यान दिने र लक्षणलाई ध्यानमा राखेर उपचार विधि अपनाएर निमोनिया कम गर्न सकिन्छ ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos