ललितपुर, ३ साउन । नेकपा (एमाले)को सचिवालय बैठकले विधान संशोधनको प्रस्ताव पारित गरेको छ । असार २ गते पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीभित्र ७० वर्षको उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव गरेको हो । सचिवालय बैठकमा आसन्न विधान राष्ट्रिय महाधिवेशनमा विधान संशोधन प्रस्ताव पेस गरेर ७० वर्षको उमेर हद र दुई कार्यकाल
ललितपुर, ३ साउन । नेकपा (एमाले)को सचिवालय बैठकले विधान संशोधनको प्रस्ताव पारित गरेको छ । असार २ गते पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीभित्र ७० वर्षको उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव गरेको हो ।
सचिवालय बैठकमा आसन्न विधान राष्ट्रिय महाधिवेशनमा विधान संशोधन प्रस्ताव पेस गरेर ७० वर्षको उमेर हद र दुई कार्यकाल हटाउन प्रस्ताव गर्ने निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेको केन्द्रीय कमिटी २५१ सदस्यीय रहने र पदाधिकारीको सङ्ख्या १५ जना रहने प्रस्ताव शुक्रबार बस्ने पोलिटब्युरो बैठकमा पेस गर्ने निर्णय गरिएको छ ।
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको जिम्मेवारी, सरकारको नेतृत्व गरेको एक वर्षको समीक्षालगायत विषयमा छलफल भएको थियो । भण्डारीको जिम्मेवारीको विषयमा छुट्टै बैठक बसेर त्यसबारे छलफल गरिने भएको छ ।
एमालेले आगामी भदौ २०, २१ र २२ गते विधान महाधिवेशन गर्दै छ । त्यसको तयारीका लागि असार ११ गते नै बसेको सचिवालय बैठकले विधान महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव पेस गर्ने जिम्मेवारी दिएको थियो ।
यसैगरी एमालेले राष्ट्रियसभाका सदस्य गोपाल भट्टराईलाई प्रमुख सचेतकमा मनोनयन गरेको छ । उनलाई साउन १ गतेदेखि लागू हुने गरी सो जिम्मेवारीमा मनोनयन गरिएको हो ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *