728 x 90

कालीगण्डकी करिडोरमा बस र कार ठोक्किए : ४ जना घाइते

कालीगण्डकी करिडोरमा बस र कार ठोक्किए : ४ जना घाइते

काठमाडौँ, १ साउन । कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको बौदीकाली गाउँपालिका–३ खैरेनीमा कार र बस एकआपसमा ठोक्किँदा ४ जना घाइते भएका छन् । बौदीकाली गाउँपालिका ३ खैरेनीस्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत पाल्पा रामपुरबाट डेढँगाउतर्फ आउँदै गरेको ग २ च ९५४६ नम्बरको कार र गैँडाकोटबाट पाल्पातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०४३८ नम्बरको बस एकआपसमा ठोक्किएका हुन्

काठमाडौँ, १ साउन । कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको बौदीकाली गाउँपालिका–३ खैरेनीमा कार र बस एकआपसमा ठोक्किँदा ४ जना घाइते भएका छन् ।

बौदीकाली गाउँपालिका ३ खैरेनीस्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत पाल्पा रामपुरबाट डेढँगाउतर्फ आउँदै गरेको ग २ च ९५४६ नम्बरको कार र गैँडाकोटबाट पाल्पातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०४३८ नम्बरको बस एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी कार चालक तनँहुको भिमाद नगरपालिका–६ का २३ वर्षीय विवेक शाह, कारमा सवार ६८ वर्षीय पदमराज जोशी, ५८ वर्षीय जंगबहादुर राना र तनहुँको ब्यास नगरपालिका–५ का ४९ वर्षीय केशव रुचाल घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

घाइतेहरुको रामपुर अस्पताल पाल्पामा उपचार भइरहेको छ । बस र बसका चालक पाल्पा रम्बा गाउँपालिका–१ का ३७ वर्षीय सञ्जय प्रसाईँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos