728 x 90

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

काठमाडौँ, ३१ असार । नेकपा एमालेकी नेतृ तथा राष्ट्रियसभाका सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले असार ३१ गते मन्त्री पदमा नियुक्त गरेका हुन् । संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा राष्ट्रपति पौडेलले न्यौपानेलाई

काठमाडौँ, ३१ असार । नेकपा एमालेकी नेतृ तथा राष्ट्रियसभाका सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले असार ३१ गते मन्त्री पदमा नियुक्त गरेका हुन् ।

संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा राष्ट्रपति पौडेलले न्यौपानेलाई तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई घुस मागेको अडियो काण्ड बाहिर आएपछि उनले असार ३१ गते नै पदबाट राजीनामा दिएका थिए ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos