काठमाडौँ, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ तथा डिजेल र मट्टितेलमा एक रुपैयाँ मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ । यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तथा डिजेल र मट्टितेल
काठमाडौँ, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ तथा डिजेल र मट्टितेलमा एक रुपैयाँ मूल्य घटाएको हो ।
इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ ।
यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ थियो । परिवर्तित मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ ।
सार्वजनिक नयाँ मूल्य असार ३१ गते राति १२ बजेदेखि लागू हुने निगम सञ्चालक समिति बैठकको निर्णय छ ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *