डिजिटल युगसँगै आजकल अधिकांश मानिसले बढी समय स्क्रिनमा बिताउने गर्दछन् । उनीहरु फेसबुक, इन्स्टाग्राम, युट्युब, नेटफ्लिक्स, आइफ्लिक्स तथा विभिन्न गेममा रमाउने गरेका छन् । स्क्रिनबाट आउने हानिकारक किरणले मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गरिरहेको हुन्छ । लामो समय एकै स्थान बसेर काम गर्दा ढाड तथा गर्दनमा असर देखिनुका साथै आँखाको समस्या पनि स्वभाविक रुपमा
डिजिटल युगसँगै आजकल अधिकांश मानिसले बढी समय स्क्रिनमा बिताउने गर्दछन् । उनीहरु फेसबुक, इन्स्टाग्राम, युट्युब, नेटफ्लिक्स, आइफ्लिक्स तथा विभिन्न गेममा रमाउने गरेका छन् । स्क्रिनबाट आउने हानिकारक किरणले मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गरिरहेको हुन्छ । लामो समय एकै स्थान बसेर काम गर्दा ढाड तथा गर्दनमा असर देखिनुका साथै आँखाको समस्या पनि स्वभाविक रुपमा देखिन्छ । मानसिक थकान अर्को चुनौती हो । त्यसैले, यस्ता समस्या आउँन नदिन स्क्रिनमा बित्ने समय घटाउनु पर्ने हुन्छ । यसका लागि यस्ता उपाय अपनाउँन सकिन्छ :
समय–समयमा ब्रेक लिने
‘वर्क फ्रम होम’ गरिरहेकाले लामो समयसम्म ल्यापटप चलाइरहनु पर्ने हुन सक्छ । यस्तो अवस्थामा केही घण्टाको अन्तरालमा ब्रेक लिनु उचित हुन्छ । किनकि, घण्टौंसम्म स्क्रिनमा रहँदा आँखा र टाउको दुख्ने समस्या देखिने गर्छ । साथै, मानसिक स्वास्थमा पनि असर गर्छ । यसर्थ, समय समयमा बे्रक लिएमा मानसिकसँगै शारीरिक समस्यासमेत आउँन पाउँदैनन् ।
समस्या पहिचान गर्ने
मोबाइल, ट्याब्लेट, टिभी कुन उपकरणमा हाम्रो समय बढी समय व्यतित हुन्छ । त्यसको पहिरन गर्नु पर्छ । बढी समय बित्ने मोबाइल, टिभीमा बितिरहेको अनावश्यक समयलाई विस्तारै घटाउन सकिन्छ । प्रविधिले हामीलाई भौतिक दुनियाँबाट लामो समयको लागि भर्चुअल दुनियाँमा संलग्न गराइ रहनसक्छ । प्रविधियुक्त उपकरणको प्रयोग कुनै पनि समय कुलतमा परिवर्तन हुन समय लाग्दैन । यस कारण, बढी समय बित्ने उपकरणको प्रयोग कम गर्नु पर्छ ।
तालिका बनाउने
राति मोबाइल चलाउनु स्वास्थ्यका दृष्टिले हानिकारक रहेको बिज्ञहरुको भनाइ छ । राति सुत्नुभन्दा एक घण्टाअघि मोबाइललाई परै राख्न उनीहरु सल्लाह दिन्छन् । मोबाइल तथा अन्य यात्रिक उपकरणले पैदा गर्ने किरणले निद्रा धकेल्ने गर्छ । निन्द्रमा गडबडी हुन थाल्छ, तब शरीरमा विभिन्न समस्या देखिन थाल्छन् । त्यस्तै, बिहान उठ्नेबित्तिकै पनि मोबाइल नचलाउन बिज्ञहरुले सुझाब दिएका छन् । बिहानैदेखि स्क्रिनमा रहनुपर्ने मानिसले बीचबीचमा ब्रेक लिने तालिका बनाउनुपर्ने उनीहरुको भनाइ छ ।
बिकल्प खोज्ने
टिभी र इन्टरनेटको दुनियाँबाहिर पनि मनोरञ्जनका धेरै साधन छन् । किताब पढ्ने, खाना बनाउने, व्यायाम गर्ने, घरायसी काममा मद्दत गर्नेजस्ता विभिन्न काममा समय बिताउन सकिन्छ । साथै, फोन कल पनि विकल्प हुन सक्छ । मनोविद्हरूका अनुसार, भिडियो कलमार्फत गफ गर्दा हाम्रो ध्यान कुराको गहिराइर्माभन्दा स्क्रिन तथा आफ्नै अनुहारमा बढी केन्द्रित हुने गर्छ । यसकारण, निकटताका स्क्रिनभन्दा फोन कलमार्फत कुराकानी गर्नु उचित हुन्छ । उनीहरुका अनुसार स्क्रिनबाट केही समय टाढा रहनु शारीरिक र मानसिक दुवै स्वास्थका लागि फाइदाजनक हुन्छ ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *