728 x 90

भिनाजुद्वारा गोली प्रहार गरी सालीको हत्या

भिनाजुद्वारा गोली प्रहार गरी सालीको हत्या

काठमाडौँ, असार ३० गते । सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिका– ६ घुस्कीमा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । असार ३० गते बिहान जिल्लाको हरिनगर गाउपालिका– ६ महरम चौकका १८ वर्षीया अर्सी खातुनमाथि गोली प्रहारी गरी हत्या गरिएको हो । खातुनको उनकै भिनाजुले हत्या गरेका हुन् । भारतको घुर्ना बस्ने २९ वर्षीय अजाद मियाँ

काठमाडौँ, असार ३० गते । सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिका– ६ घुस्कीमा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ ।

असार ३० गते बिहान जिल्लाको हरिनगर गाउपालिका– ६ महरम चौकका १८ वर्षीया अर्सी खातुनमाथि गोली प्रहारी गरी हत्या गरिएको हो ।

खातुनको उनकै भिनाजुले हत्या गरेका हुन् । भारतको घुर्ना बस्ने २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरी हत्या गरेको मृतकका बुवा ४६ वर्षीय गफार मियाँले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार गफारको छोरी अरसिको घटनास्थलमै मृत्यु भएको हो । गोली प्रहार गर्नेे भिनाजु जट भने फरार रहेका छन् ।

घटनास्थलबाट सानो हतियारमा लाग्ने १ थान नपड्केको गोली फेला परेको छ । मृतकको टाउकोको बाँया साइडमा चोट देखिएको जनाएको छ ।
मितक किशोरीको शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos