728 x 90

पिएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि

पिएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि

काठमाडौँ, असार ३० । इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । असार ३० गते बिहान सम्पन्न फाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई ३-० गोलअन्तरले हराउँदै चेल्सी च्याम्पियन बनेको हो । अमेरिकाको न्युयोर् स्थित मेटलाइफ स्टेडियममा चेल्सीले पहिलो हाफमा नै ३-० को अग्रता लिएको थियो । चेल्सीको जितमा कोल पाल्मरले २ तथा जोआओ पेड्रोले

काठमाडौँ, असार ३० । इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । असार ३० गते बिहान सम्पन्न फाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई ३-० गोलअन्तरले हराउँदै चेल्सी च्याम्पियन बनेको हो ।

अमेरिकाको न्युयोर् स्थित मेटलाइफ स्टेडियममा चेल्सीले पहिलो हाफमा नै ३-० को अग्रता लिएको थियो । चेल्सीको जितमा कोल पाल्मरले २ तथा जोआओ पेड्रोले १ गोल गरे ।

प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेको युइएफए च्याम्पियन्स लिग विजेता पिएसजीको आक्रमण फाइनलमा भने चल्न सकेन । रक्षात्मक रणनीतिमा उत्रिएको चेल्सीले तीनै गोल काउन्टर अट्याकमा गरेको थियो । पिएसजीले पाएको सीमित अवसरमा पनि गोलरक्षक रोबर्ट सान्चेज बाधक बने ।

दोस्रो हाफको ८५ औं मिनेटमा पिएसजी १० खेलाडीमा सीमित भएको थियो । जोआओ नेभेसले मार्क कुकुरेलाको कपाल तानेपछि रेफ्रीले भिएआरको सहायता लिँदै रातो कार्ड दिए ।

चेल्सीका पाल्मर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । यससँगै चेल्सीले क्लब विश्वकपको संख्या दुई पुर्याएको छ । नयाँ फम्र्याटको क्लब विश्वकपको पहिलो विजेता चेल्सी बन्न सफल भएको हो ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos