काठमाडौं, असार ३० । राष्ट्रिय स्वतन्त्र पार्टीले तीनजना ऊर्जा तथा जलस्रोत क्षेत्रका विज्ञलाई पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ । असार २९ गते नेपाल सरकारका पूर्वसचिव ई. देवेन्द्र कार्की, ई. सुशील चन्द्र तिवारी र ई. मधु भेटुवाललाई औपचारिक रूपमा विज्ञ सदस्यमा मनोनयन गरिएको हो । विज्ञ सदस्यहरूको मनोनयनका सन्दर्भमा विभाग
काठमाडौं, असार ३० । राष्ट्रिय स्वतन्त्र पार्टीले तीनजना ऊर्जा तथा जलस्रोत क्षेत्रका विज्ञलाई पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ ।
असार २९ गते नेपाल सरकारका पूर्वसचिव ई. देवेन्द्र कार्की, ई. सुशील चन्द्र तिवारी र ई. मधु भेटुवाललाई औपचारिक रूपमा विज्ञ सदस्यमा मनोनयन गरिएको हो ।
विज्ञ सदस्यहरूको मनोनयनका सन्दर्भमा विभाग प्रमुख ई. श्रीराम न्यौपानेले ऊर्जा र जलस्रोत क्षेत्रको दीर्घकालीन समृद्धिको आधार तयार गर्नका लागि आवश्यक नीतिगत संरचनाको खाँचो रहेको उल्लेख गरे । उनले भने, ‘नेपालको समृद्धिको प्रमुख आधार ऊर्जा र जलस्रोत हो, त्यसको अधिकतम उपयोगका लागि अनुभव र विज्ञता भएका व्यक्तिहरूको ज्ञानको अधिकतम सदुपयोग गर्न जरुरी छ ।’
नियुक्त भएका तीनैजना विज्ञ सदस्यहरू विगतमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जल तथा ऊर्जा आयोग लगायतका निकायहरूमा नेतृत्वदायी भूमिकामा रहिसकेका छन् ।
‘उहाँहरूको प्राविधिक ज्ञान, प्रशासनिक अनुभव र नीति निर्माणको अभ्यासलाई राजनीतिक तहसँग समन्वय गर्दै राष्ट्रिय आवश्यकताअनुसार ऊर्जा तथा जलस्रोत रणनीति बनाउन विभागले पहल गरेको छु,’ विभाग प्रमुख न्यौपानेले थपे ।
रास्वपाले विभिन्न क्षेत्रका विज्ञ, पूर्वसचिव, पूर्व प्रशासक, पूर्वसुरक्षा अधिकृतहरु एवं राष्ट्रिय, सामाजिक जीवनका ब्यक्तित्वहरुलाई विज्ञ सल्लाहकारको रुपमा मनोनय गर्ने गरेको छ । पार्टीले गैरसदस्यहरुलाई समेत विज्ञताका आधारमा विज्ञ सल्लाहकारमा मनोनय गर्न सक्ने वयवस्था गरेको रास्वपाले जनाएको छ ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *